close

अनलाइनबाटै ग्लोबल आइएमई बैंकमा शेयर धितो राखी २५ लाखसम्मको ऋण लिन मिल्ने

टेकपाना टेकपाना

असोज ११, २०८१ १२:३६

अनलाइनबाटै ग्लोबल आइएमई बैंकमा शेयर धितो राखी २५ लाखसम्मको ऋण लिन मिल्ने

काठमाडौं । ग्लोबल आईएमई बैंकले शेयर धितो राखेर कर्जा लिन मिल्ने अनलाइन प्लेटफर्म सार्वजनिक गरेको छ । शेयर धितोमा कर्जा सुविधा दिने उद्देश्यका साथ बैंकले 'फास्ट लोन अगेन्स्ट शेयर' नामक अनलाइन प्लेटफर्म सार्वजनिक गरेको हो । 

बैंकका अनुसार यसअन्तर्गत इच्छुक व्यक्तिले अनलाइनबाट शेयर धितो कर्जाको लागि आवेदन दिन सक्नेछन् । बैंकले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकले आफूसँग भएका शेयर धितो राखी सरल प्रक्रियाबाट कर्जा प्राप्त गर्न सक्ने बताइएको छ ।  

ग्राहकले अनलाइनबाट यो प्लेटफर्म प्रयोग गरी कर्जाका लागि आवेदन दिन र आवश्यक कागजातहरू बुझाउन सक्नेछन् । यस प्रक्रियामा अनलाइन आवेदन पूरा गरेपछि निवेदनको अवस्थाको बारेमा आफैंले जानकारी लिन समेत सकिनेछ । 

यो शेयर धितो कर्जाको सीमा हालका लागि न्यूनतम पाँच लाखदेखि अधिकतम २५ लाखसम्म तोकिएको छ । यो कर्जाको निम्ति धितोको रूपमा स्वीकार गरिने शेयरहरू निवेदक स्वयंको नाममा हुनु पर्नेछ । यसको अर्थ निवेदक बाहेक अन्य व्यक्तिको नाममा रहेको शेयर धितोको रूपमा राख्न सकिने छैन । यो सुविधा बैंकले हालसालै सार्वजनिक गरेको डिजिटल युनिभर्समा पनि उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: असोज ११, २०८१ १३:७