close

ग्लोबल आईएमईमा फिक्स्ड डिपोजिट गर्नेलाई अनलाइनबाट तत्कालै ऋण

टेकपाना टेकपाना

माघ २७, २०७९ १६:११

ग्लोबल आईएमईमा फिक्स्ड डिपोजिट गर्नेलाई अनलाइनबाट तत्कालै ऋण

काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ याेजना ल्याएको छ । यसअन्तर्गत बैंकमा फिक्स्ड डिपोजिट (मुद्दती निक्षेप) खाता भएका ग्राहकले अनलाइनबाटै ऋण लिन सक्नेछन् ।

ग्राहकले ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ 'ग्लोबल स्मार्ट प्लस' अथवा इन्टरनेट बैकिङमार्फत आफ्नो मुद्दती निक्षेपमा भएको रकमको ९० प्रतिशतसम्मको ऋण आवेदन दिन सक्नेछन् ।

यसका लागि ग्राहकहरू बैंकमा जानुपर्ने छैन भने ऋणवापतको रकम प्रक्रिया पूरा भएपछि ग्राहककै बचत खातामा जम्मा हुनेछ ।

साथै ग्राहकले किस्ता तिर्न अथवा ऋणको सेटलमेन्ट पनि डिजिटल माध्यमबाटै गराउनसक्ने बैंकले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: माघ २७, २०७९ १६:१८