काठमाडौं । सन् २०२३ को पहिलो अपडेट स्वरुप मेसेजिङ एप टेलिग्रामले 'रियल टाइम ट्रान्सलेसन' सुरु गरेको छ । यसको अर्थ हो अब प्रयोगकर्ताले टेलिग्रामका मेसेज तत्काल (रियल टाइम) अन्य भाषामा रुपान्तरण गरेर पढ्न सक्नेछन् ।
अबदेखि नयाँ मेसेज आउँदा स्क्रिनको माथिपट्टि 'ट्रान्सलेट' भन्ने अप्सन देख्न सकिनेछ । मेसेज प्राप्त गरेपछि उक्त अप्सनमा क्लिक गरेर आफूले चाहेको भाषामा रुपान्तरण गरि पढ्न सकिनेछ ।
टेलिग्रामको प्रिमियम सदस्यले भने यो फिचर अन्य ग्रुप च्याट अथवा च्यानलहरूमा पनि प्रयोग गर्न सक्नुहुनेछ । यो फिचरले यात्राको क्रममा भने धेरै सहयोग हुने कम्पनीको भनाइ छ ।
यदि तपाईँ यात्राको लागि कुनै अन्य देश जादैँ हुनुहुन्छ अथवा आफूले नबुझ्ने भाषा बोल्ने कुनै स्थानमा जादैँ हुनुहुन्छ भने सो स्थानको च्यानल अथवा ग्रुपमा जोइन भएर यो सेवाको उपयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
यसको साथै टेलिग्रामले प्रिमियम प्रयोगकर्ताको लागि नयाँ फिचर पनि ल्याएको छ । यस फिचर अन्तर्गत प्रयोगकर्ताले ४० प्रतिशतसम्म आफ्नो शुल्क बचत गर्न सक्नेछन् । योसँगै अन्य थप नयाँ इमोजी, गिफहरू पनि जोडिएको छ ।