close

विश्व मापदण्ड अनुसार नेपालको इन्टरनेट सेवामा सुधार गर्ने आइस्पानको निर्णय

टेकपाना टेकपाना

चैत २८, २०७९ १०:२४

विश्व मापदण्ड अनुसार नेपालको इन्टरनेट सेवामा सुधार गर्ने आइस्पानको निर्णय

काठमाडौं । इन्टरनेट सेवाप्रदायक सङ्घ नेपाल (आइस्पान) को विशेष भेलाले विश्व मापदण्ड अनुसार इन्टरनेट सेवाको गुणस्तर सुधार गर्दै लैजाने निर्णय गरेको छ ।

सोमबार राजधानीको एक होटलमा आयोजित भेलाले यस्तो निर्णय लिएको हो । भेलामा इन्टरनेट सेवाप्रदायक कम्पनीहरूका अध्यक्ष, बोर्ड सदस्य, प्रमुख कार्यकारी निर्देशक सहितको उपस्थिति रहेको  थियो । भेलाले इन्टरनेट सेवा प्रदायकहरूबीच सहकार्य गर्न आह्वान समेत गरेको छ ।

"इन्टरनेट सेवा र यस क्षेत्रलाई व्यवस्थित, मर्यादित र गरिमामय बनाउन इन्टरनेट सेवा प्रदायहरूले हातेमालो गर्दै अगाडि बढ्ने," भेला पछि जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ । इन्टरनेट सेवाको गुणस्तर विश्व मापदण्ड अनुसार सुधार गर्न आवश्यक तयारीका साथै एसओपी निर्माण र प्रक्रियागत सुधार लगायतका आवश्यक कार्य निर्णय समेत भेलाले गरेको छ । 

पछिल्लो अध्यावधिक: चैत २८, २०७९ १०:२४