close

मिडिया र सरकारका वेबसाइट ह्याक गर्ने ह्याकरको धम्की

टेकपाना टेकपाना

असार १७, २०८० १९:४१

मिडिया र सरकारका वेबसाइट ह्याक गर्ने ह्याकरको धम्की

काठमाडौं । ‘ह्याकर जिनियस आर्मी’ नामक एक समूहले नेपालका सरकारी तथा मिडियाका वेबसाइट ह्याक गर्ने धम्की दिएको छ । यसअघि रुटिन अफ नेपाल बन्दको एप, नयाँ पत्रिका र नागरिक दैनिक ह्याक गरेको दाबी गर्ने उक्त समूहले अहिले टेलिग्राम च्यानलमार्फत यस्तो धम्की दिएको हो ।

उक्त समूहले अबको निशाना आन्तरिक राजस्व विभाग, प्रधानमन्त्री तथा मन्त्री परिषद्‌को कार्यालय, कम्पनी रजिस्टारको कार्यालय, सर्वोच्च अदालत, कान्तिपुर, काठमाडौं पोस्ट, संघीय संसद् र काठमाडौं महानगरपालिकाका वेबसाइट परेको उल्लेख गरेको छ ।

टेकपानासँग कुरा गर्दै साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक पशुपतिकुमार रायले अनुसन्धान गरेर संलग्न व्यक्तिहरूलाई कारवाही गर्ने बताए ।

“त्यसरी धम्की आएको छ भने हामी अनुसन्धान गरेर कारवाहीको प्रक्रिया अगाडि बढाउछौं,” उनले भने । ह्याकरले ह्याक गरेको भनिएका मिडियाले भने सामान्य अट्याक आइरहेको तर ह्याक नभएको जानकारी दिएका छन् ।

पछिल्लो अध्यावधिक: असार १७, २०८० १९:५५