close

कियाको बहुप्रतिक्षित ईभी सिक्स नेपाल आउँदै, सुरु भयो बुकिङ

टेकपाना टेकपाना

साउन ३, २०८० ११:३८

कियाको बहुप्रतिक्षित ईभी सिक्स नेपाल आउँदै, सुरु भयो बुकिङ

काठमाडौं । कियाको बहुप्रतिक्षित मोडेल ईभी सिक्स नेपाल आउने भएको छ । कियाका लागि नेपालको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङले यो कार नेपाल ल्याउने भएको हो ।

सेम्टेम्बरको अन्त्यतिर उपलब्ध हुने भनिएको किया ईभी सिक्सको बुकिङ मंगलबारबाट सुरु भएको छ । 

नेपालमा आउने किया ईभी सिक्समा ७७.४ किलोवाट आवर क्षमताको एचभी एक्सटेन्डेड लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ । जसले एक पटकको चार्जमा ५२८ किलोमिटर रेञ्ज दिने कम्पनीको दाबी छ । 

मोटरको सन्दर्भमा यसमा १६८.१ किलोवाट क्षमताको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर (पीएमएसएम) राखिएको छ । यस मोटरले ३५० न्युटन मिटर टर्क उत्पन्न गर्ने कम्पनीको बताएको छ । 

गाडीलाई ५.८१ मिटर अर्धव्यासमा घुमाउन सकिन्छ । ब्रेकिङ सिस्टममा भने कम्पनीले अगाडि र पछाडि दुबै भागमा १७ इन्चको डिशब्रेक समावेश गरेको छ । 

गाडीको सुरक्षाका लागि यसमा स्टार्ट डोर लक सिस्टम (Door lock system) दिइएको छ । त्यस्तै टायर प्रेसर मनिटरिङ सिस्टम, पार्किङ डिस्टेन्स वार्निङ, चाइल्ड सेफ्टी अटो डोर लक, म्यानुअल स्पिड लिमिट असिस्ट वार्निङ, एयरब्याग, इलेक्ट्रोनिक अटोहोल्ड पार्किङ ब्रेक गाडीको आकर्षक सुरक्षा फिचर हुन् ।  

यसमा १२.३ इन्चको टीएफटी एलसीडी टच डिस्प्ले कन्सोल पनि गरेको छ । त्यस्तै यसमा बोलेकै भरमा ब्लुटुथ मार्फत अडियो र गाडीको स्टेरिङ कन्ट्रोल गर्न सकिने कम्पनीले उल्लेख गरेको छ । 

दुई ओटा यूएसबी दिइएको यस गाडीमा वायरलेस फोन चार्ज गर्ने सुविधा समेत रहेको छ । अटो टेम्प्रेचर कन्ट्रोल, अटो विन्डो डिफगर (Defogger), र एयर फिल्टर गाडीका आकर्षक फिचर हुन् । 

गाडीको उचाइ १५५० एमएम, लम्बाई ४६८० एमएम र चौडाइ १८८० एमएम रहेको छ । कियाको यो मोडेल थुप्रै पटक उत्कृष्ट ईभीका रूपमा सम्मानित भएको छ । 

कम्पनीका अनुसार किया ईभी सिक्सले रेडडट डिजाइन अवार्ड २०२२, आइरिश कार अफ दि एअर, ब्रिटेन बेस्ट कार २०२३, डिजाइन अवार्ड २०२२ जस्ता अवार्डले सम्मानित भएको छ । 

कम्पनीले नेपालमा यसको मूल्य कति पर्छ भन्ने कुरा खुलाएको छैन ।  

पछिल्लो अध्यावधिक: साउन ३, २०८० ११:३८