काठमाडौँ । नेपालमा ‘ओमोडा एन्ड जेइको’ को आधिकारिक वितरक, एसपीजी अटोमोबाइल्स प्रा. लि. ले ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ सुरु गरेको छ । जेठ ४ गते, आइतबारबाट सुरु भएको यो अफर जेठ १० गतेसम्म चल्नेछ । यस अवसरमा ग्राहकले आफ्नो कुनै पनि गाडी सँग ‘ओमोडा ई-फाइभ’ वा ‘जेइको जे-सिक्स’ साट्न सक्नेछन् ।
यो योजना विद्युतीय गाडीहरूको फाइनान्सिङमा सरकारको नयाँ नीति तथा नियम लागू हुनु अघि नै गाडी खरिद तथा अपग्रेड गर्न चाहने ग्राहकहरूलाई लक्षित गरि ल्याइएको कम्पनीले जनाएको छ ।
यस अफरअन्तर्गत, ग्राहकहरूले नयाँ गाडी खरिदमा नि:शुल्क १ वर्षको बीमा, एउटा नि:शुल्क ७ किलोवाटको चार्जर, ब्याट्रि र मोटरमा ८ वर्ष वा १६०,००० किमिको वारेन्टि प्राप्त गर्न सक्नेछन् । यस्तै ८० प्रतिशत फाइनान्सिङ सहित ५५ लाख ९९ हजार रुपैयाँबाट सुरु हुने गाडीहरूको डेलिभरी, जेठ १७ तदनुसार मे ३१ अघि नै बुक गर्ने ग्राहकहरूको लागि अन्य विभिन्न पुरस्कारको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
यसमा गाडी डेलिभरी गरिएकोमध्ये एक भाग्यशाली जोडीले चीनको भ्रमण गर्ने मौका पाउनेछन्, एकजनाले आइफोन १६ प्रो जित्ने मौका पाउनेछन् । त्यसैगरी पाँच भाग्यशाली जोडीले लक्जरी स्टेकेसन जित्ने मौका पाउनेछन् भने दुई भाग्यशाली ग्राहकहरूले शून्य ब्याजदरमा १२ महिनासम्मको फाइनान्सिङ सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
नयाँ सरकारी नियमअनुसार विद्युतीय गाडीहरूको लागि बैंकबाट कर्जा सीमा ९० प्रतिशतबाट ६० प्रतिशतमा सीमित गरिएको छ । यसै समयमा ग्राहकहरूलाई लक्षित गरी ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ सार्वजनिक गरिएको कम्पनीको भनाइ छ ।