close

सानिमा बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा १५ प्रतिशत छुट

टेकपाना टेकपाना

साउन ३, २०८० १७:२१

सानिमा बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा १५ प्रतिशत छुट

काठमाडौं । सानिमा बैंकले ग्राहकहरूका लागि अनलाइन मार्केटप्लेस दराजसँग 'दराज महाबचत योजना' मा विशेष छुट दिने भएको छ । यो योजना अवधिभर ग्राहकहरुले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गरी दराजबाट सामान तथा सेवा खरिद गर्दा विशेष छुट प्राप्त गर्नसक्ने बैंकले जनाएको छ ।

ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम एक हजार रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम १५ सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सकिनेछ ।

छुट प्राप्त गर्न ग्राहकले दराज एपमा भौचर सङ्कलन गर्नुपर्ने जनाइएकाेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताले मासिक किस्ताबन्दी (ईएमआई) सुविधा पनि पाउनेछन् ।

यो योजना साउन ४ देखि १४ गतेसम्म ११ दिनका लागि लागू हुनेछ ।

पछिल्लो अध्यावधिक: साउन ३, २०८० १७:२१