close

सानिमा बैंकले अब अनलाइनबाटै आधिकारिक चेक र ब्यालेन्स सर्टिफिकेट उपलब्ध गराउने

टेकपाना टेकपाना

साउन ५, २०८० १७:१४

सानिमा बैंकले अब अनलाइनबाटै आधिकारिक चेक र ब्यालेन्स सर्टिफिकेट उपलब्ध गराउने

काठमाडौं । सानिमा बैंकले अनलाइनबाटै आधिकारिक ब्यालेन्स सर्टिफिकेट र चेक उपलब्ध गराउने भएको छ । बैंकले हालै आफ्ना ग्राहकका लागि यस्ताे सुविधा ल्याएकाे हाे ।

बैंकद्वारा जारी गरिएका ब्यालेन्स सर्टिफिकेटको आधिकारिकता उक्त ब्यालेन्स सर्टिफिकेटमा उल्लेखित क्यूआर कोड स्कयान गरेर तथा बैंकको आधिकारिक वेवसाइटमार्फत लिन सकिने भएको हो ।

यसैगरी बैंकले 'गुड फर पेमेन्ट चेक' (Good for Payment Cheque )को अनलाइनबाट आधिकारिकताको जानकारी लिन सकिने सुविधा पनि ल्याएकाे छ । चेकको आधिकारिकता बैंकको आधिकारिक वेबसाइटमार्फत लिन सकिनेछ ।

यस सुविधाको सुरुवातसँगै नक्कली ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्ट चेकहरूबाट ग्राहकहरूलाई सुरक्षित राख्न मद्दत पुग्ने बैंकले विश्वास गरेको छ । 

पछिल्लो अध्यावधिक: साउन ५, २०८० १७:३५