close

डेटा इन्ट्रीको काम छ भन्दै लिङ्क आए नखोल्नूः साइबर ब्युरो

टेकपाना टेकपाना

चैत २१, २०८० १७:४१

डेटा इन्ट्रीको काम छ भन्दै लिङ्क आए नखोल्नूः साइबर ब्युरो

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक पेजबाट विभिन्न प्रलोभन देखाई पठाइएका लिङ्क नखोल्न साइबर ब्युरोले अनुरोध गरेको छ । बुधवार सूचना जारी गर्दै ब्युरोले राम्रो तलब लगायत अन्य विभिन्न प्रलोभन देखाएर पठाइएका लिङ्क नखोल्न अनुरोध गरेको हो ।  

ब्युरोका अनुसार त्यस्ता पेजबाट सबैभन्दा पहिले अनलाइन डेटा इन्ट्री गर्ने कार्य प्रदान गर्दछु भन्दै प्रलोभन देखाइन्छ । त्यसबाहेक आईएलटीएस/पीटीई एक्जाम तयारी कक्षा निःशुल्क प्रदान गर्ने, शेयर कारोबार विश्लेषण तालिम निःशुल्क प्रदान गर्ने लगायतका प्रलोभन देखाइएका हुन्छ । त्यस्ता पेजमा कुरा गर्दै गए लिङ्क पठाउने र त्यसैमा सफ्टवेयरको जानकारी हुने बताइन्छ । 

सर्वसाधारणले त्यस्ता लिङ्क विश्वास गरेर फाइल डाउनलोड गरी इन्स्टल गरे ल्यापटप, डेस्कटप र मोबाइल पूर्ण रूपमा नियन्त्रणमा लिन्छन् । यति भएपछि सर्वसाधारणले इन्टरनेटमा गरेका गतिविधि निगरानी गर्न थाल्छन् । 

ब्युरोका अनुसार यस्तो धन्धामा सक्रिय गिरोहको मुख्य लक्ष्य भनेकै डिजिटल वालेट तथा बैंक अकाउन्टमा पहुँच पाएर ठगी गर्नु हो । यसरी सर्वसाधारण ठगिने घटना बढेको भन्दै त्यस्ता पेजका पोस्ट विश्वास नगर्न र आएका लिङ्क बेवास्ता गर्न ब्युरोले सुझाव दिएको छ ।

सम्बन्धित समाचार 

३५ हजार तलब भन्दै फेसबुकमा डेटा इन्ट्री जागिरको प्रचार, बैंकको रकम चोर्ने ह्याकरको दाउ

 

पछिल्लो अध्यावधिक: चैत २१, २०८० १७:४१