close

ट्रुकलरको जस्तै फोनमा सेभ नभएका नम्बर पहिचान गर्ने फिचर ल्याउँदै गुगल

टेकपाना टेकपाना

चैत २४, २०८० १६:४७

ट्रुकलरको जस्तै फोनमा सेभ नभएका नम्बर पहिचान गर्ने फिचर ल्याउँदै गुगल

 

काठमाडौं । गुगलले समेत अब ट्रुकरको जस्तै फिचर ल्याउने भएको छ । फोनमा सेभ नभएका नम्बर पहिचान गर्ने फिचर ल्याउने बाटोमा गुगल पनि लागेको हो । 

ट्रुकलरले विभिन्न माध्यमबाट सङ्कलन गरेर फोनमा सेभ नभएको नम्बरबाट कल आउँदा सो नम्बर कसको हो र कहाँबाट आएको भन्ने थाहा दिन्छ । ठीक उसैगरी अब गुगलको फोन एपमा यो फिचर चाँडै उपलब्ध हुनेछ । सबैभन्दा सुरुमा यस फिचर फोन एपको नयाँ बेटा भर्सनमा एसेम्ब्लर डिबगले पत्ता लगाएका थिए । 

फोनको उक्त भर्सनमा 'लुकअप' नाम भएको नयाँ सेक्सन तल्लो भागमा देख्न सकिन्छ । त्यसमा क्लिक गर्दा गुगल एपसहित वेब सर्च गर्ने अन्य एप देखिन्छ । यदि गुगल एपमा क्लिक गरे उक्त नम्बर गुगल सर्चमा हुन्छ । त्यसपछि उक्त नम्बर कुनै पनि बिजनेससँग सम्बन्धित भए अथवा तुरुन्तै कन्ट्याक्ट विवरणमा देखिने छ ।

यसरी तपाईंलाई कसले कल गर्यो भनेर थाहा पाउन सक्नुहुने छ । तर यद्यपि यस फिचरले पनि निजी व्यक्तिका नम्बर भने पहिचान गर्न सक्नेछैन । यसकारण ट्रुकलर जस्ताे उस्तै फिचर भएका अन्य एपलाई गुगलको यस कदमले खासै असर नपार्ने अनुमान गरिएको छ । 

त्यस्तै ट्रुकलर जस्तै यसमा पनि तपाईं जोडिए पनि अरुले भने देख्न सक्नेछन् । यो फिचर जापानमा मार्चदेखि नै आइसकेको छ । अरु देशहरूमाे भने क्रमश: जुनदेखि आउने अनुमान गरिएको छ । यद्यपि गुगलले भने यसबारे आधिकारिक रुपमा केही खुलाएको छैन ।

पछिल्लो अध्यावधिक: चैत २४, २०८० १६:४७