close

के तपाईंलाई थाहा छ ? मिस्टर बिस्टको एउटै भिडिओ १३ भाषामा सुन्न सकिन्छ !

टेकपाना टेकपाना

बैशाख ११, २०८१ १०:२

के तपाईंलाई थाहा छ ? मिस्टर बिस्टको एउटै भिडिओ १३ भाषामा सुन्न सकिन्छ !

काठमाडौं । युट्युबमा सबैभन्दा बढी सब्स्क्राइबर भएका व्यक्ति मिस्टर बिस्टलाई युट्यबले विशेष सुविधा दिएको छ । उनी आफ्नो एउटै भिडिओ अन्य विभिन्न भाषामा डब गरेर छुट्टाछुट्टै च्यानलमा राख्थे । यस्तो हुँदा उनका भिडिओ अङ्ग्रेजी बाहेक अन्य भाषा बुझ्ने अडियन्सले पनि हेर्न थाले ।

अन्य च्यानलमा पनि उनका सब्सक्राइबरका सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भइरहेको थियो । यही आवश्यकता महसुस गरेर युट्युबले ‘अडियो ट्रयाक’ फिचर सार्वजनिक गरेको थियो । यस फिचर अन्तर्गत क्रियटरले आफ्नो एउटै भिडिओका लागि अन्य विभिन्न अडियो अपलोड गर्न सक्छन् ।

यता अडियन्सले भने अडियो ट्रयाक मार्फत आफूले चाहेको भाषामा सो भिडिओ हेर्न सक्छन् । तर, अडियन्सले चाहेको भाषाको अडियो क्रियटरले अपलोड गरेको हुनुपर्छ । 

हालै मात्र भारतीय युट्युबर ध्रुव राठीले आफ्नो एउटा भिडिओलाई हिन्दी बाहेक भारतमा बोलिने प्रमुख पाँच भाषामा डबिङ गरेर छुट्टाछुट्टै च्यानलमा राखेका छन् । यस्तोमा क्रियटरका लागि अडियो ट्रयाक फिचर निकै महत्त्वपूर्ण हुन्छ ।

अहिलेलाई यो फिचर मिस्टर बिस्ट र अन्य केही सीमित युट्युबरले मात्र पाएका छन् । मिस्टर बिस्टकाे एउटै भिडिओ बङ्गाली, फ्रेन्च, कोरियन, भियतनामी, हिन्दी स्पेनिश, पर्चुगिज, इन्डोनेसियन, रुसी, अरेबिक, टर्किस र जापानिजमा सुन्न सकिन्छ । 

उनको सो भिडिओ अन्य भाषामा सुन्नका लागि सबैभन्दा पहिले युट्युबमा मिस्टर बिस्टको कुनै भिडिओ खोल्नुहोस् । अनि माथि दायाँपट्टि रहेको सेटिङको आइकनमा ट्याप गर्नुहोस् ।

त्यसपछि ‘अडियो ट्रयाक’ को अप्सनमा जानुहोस् । र, आफूलाई उपयुक्त हुने भाषा छान्नुहोस् । त्यसपछि सो भिडिओ त्यही भाषामा सुन्न सकिन्छ । 

पछिल्लो अध्यावधिक: बैशाख ११, २०८१ १०:१०