close

ईमेलबाटै कसरी पठाउने २५ एमबीभन्दा ठूला आकारका फाइल ?

टेकपाना टेकपाना

बैशाख २६, २०८१ १३:४८

ईमेलबाटै कसरी पठाउने २५ एमबीभन्दा ठूला आकारका फाइल ?

काठमाडौं । सूचना र सञ्चारमा ईमेललाई आधिकारिक तथा औपचारिक माध्यम मानिन्छ । त्यसैले विभिन्न किसिमका सूचनाबारे जानकारी दिन, कुराकानी गर्न वा अन्य विभिन्न प्रयोजनका लागि दशकौंदेखि ईमेलको प्रयोग हुँदै आएको छ । 

ईमेलबाटै विभिन्न किसिमका फाइल पनि पठाउन सकिन्छ । तर, त्यसमा २५ एमबीभन्दा बढीको फाइल पठाउन सकिंदैन । आज हामी कसरी ईमेलमार्फत ठूला आकारका फाइल पठाउने भन्ने विषयमा जानकारी दिंदैछौं ।

१) गुगल ड्राइभ 

ईमेलबाट ठूला साइजका फाइल पठाउनका लागि गुगल ड्राइभ सबैभन्दा उपयुक्त विकल्प हो । तपाईंले ड्राइभमा अपलोड गरेको फाइल चाहेको ईमेल एड्रेसमा पठाउन सक्नुहुन्छ । त्यसका लागि निम्न प्रक्रिया अपनाउनुहोस् । 

-सबैभन्दा पहिले गुगल ड्राइभ एप खोल्नुहोस् वा यहाँ क्लिक गरेर ड्राइभको साइटमा जानुहोस् । 

-त्यसपछि तल दायाँपट्टि रहेको प्लस न्यु (+ New) बटनमा दबाउनु होस् ।

 

 

-अनि अपलोडको अप्सन छान्नुहोस् । 

-यति गरेपछि आफूले चाहेको फाइल छान्नुहोस् । र, माथि दाँयापट्टि रहेको सेलेक्टको अप्सनमा ट्याप गर्नुहोस् । 

-र, फाइल अपलोड हुन दिनुहोस् । यसका लागि फाइलको आकार र इन्टरनेट स्पिडको आधारमा केही समय लाग्न सक्छ । 

-फाइल अपलोड भइसकेपछि सबैभन्दा माथि उक्त फाइल देखिन्छ ।

-सो फाइलको दायाँपट्टि रहेको तीन ओटा डटमा ट्याप गर्नुहोस् । 

-अनि शेयर (Share) को अप्सन छान्नुहोस् ।

 

-र, पुनः माथि दायाँपट्टि रहेको तीन ओटा डटमा ट्याप गर्नुहोस् ।

 

-त्यसपछि तलपट्टि देखिने मेनेज एक्सेस (Manage access) को अप्सनमा जानुहोस् ।

 

-त्यसपछि रेस्ट्रिक्टेड (Restricted) को तलपट्टि चेन्ज (Change) को अप्सनमा जानुहोस् । 

-अनि दायाँपट्टि देखिएको ग्रेटर देन (>) को आइकनमा थिच्नुहोस् । 

-यति गरेपछि तलपट्टि रहेको ‘एनिवन विथ लिङ्क’ (Anyone with link) को अप्सनमा जानुहोस् । 

-त्यसपछि माथि दायाँपट्टि रहेको लिङ्कको आइकनमा ट्याप गर्नुहोस् । र, उक्त लिङ्क ईमेल मार्फत चाहेको ठगेनामा पठाउनुहोस् । 

२) वि-ट्रान्सफर 

ठूला फाइल शेयर गर्नका लागि प्रयोग गर्न सकिने अर्को विकल्प हो, वि-ट्रान्सफर । यसमा पनि आफूले चाहेको दुई जीबीसम्मको फाइल अपलोड गरेर त्यसको लिङ्क सोजै वा ईमेलमार्फत सम्बन्धित व्यक्तिलाई पठाउन सकिन्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस् । 

-सबैभन्दा पहिला यहाँ क्लिक गरेर वि-ट्रान्सफरको साइटमा जानुहोस् । 

-त्यसपछि त्यहाँ देखिएको प्लस आइकनमा ट्याप गर्नुहोस् । र, आफूले चाहेको फाइल छान्नुहोस् ।

 

-त्यहाँ दुई ओटा विकल्प हुन्छन् । एउटा सोझै ईमेलबाट पठाउने अनि अर्को लिङ्क कपी गरेर पठाउने ।

-यदि तपाईं सोझै लिङ्क पठाउन चाहनु हुन्छ भने ‘गेट अ लिङ्क’ (Get a link) को बटनमा ट्याप गर्नुहोस् । र, उक्त लिङ्क आफूले चाहेको ईमेल एड्रेसमा पठाउनुहोस् ।

-तर, लिङ्क कपी नगरेरै ईमेलमा पठाउँछु भन्नु भयो भने ‘गेट अ लिङ्क’ को छेउमा गोलो घेराभित्र तीन ओटा डट भएको बटनमा दबाउनु होस् ।

-अनि सेन्ड ईमेल ट्रान्सफर (Send email transfer) को अप्सनमा टिक लगाउनुहोस् ।

 

-त्यसपछि पुनः तल बायाँपट्टि देखिएको तीन ओटा डटमा ट्याप गर्नुहोस् । 

-र, ईमेल टु (Email to) लेखेको बक्समा आफूले चाहेको ईमेल आईडी टाइप गरेर तलपट्टि आफ्नो ईमेल राख्नुहोस् ।

 

 

-अनि ट्रान्सफर (transfer) को बटनमा ट्याप गर्नुहोस् ।

 

 

-यति गरेपछि तपाईंको ईमेलमा एउटा कन्फरमेसन कोड आउँछ । र, तपाईंले सो कोड राखिसकेपछि उक्त फाइल तपाईंको ईमेलबाट तपाईंले पठाउन चाहेको व्यक्तिसम्म पुग्छ ।

 

यसरी ठूला फाइल पठाउने कैयन् विकल्पहरू छन् । उदाहरणका लागि ड्रपबक्स, टेराबक्स, फाइल स्टेज आदि पनि प्रयोग गर्न सकिन्छ । सोझै ठूला फाइल ईमेलबाट पठाउन नसकिने हुनाले तपाईंले माथि उल्लेख गरिएका तरिका अपनाउन सक्नुहुन्छ । विशेषगरी फाइलको शेयरेबल लिङ्क तयार पार्ने र त्यसैलाई ईमेलमार्फत पठाउँदा उपयुक्त हुन्छ । 

पछिल्लो अध्यावधिक: बैशाख २६, २०८१ १६:१