काठमाडौं । चर्चित सामाजिक सञ्जाल टेलिग्राममा ३० जना मात्र कर्मचारी रहेको तथ्य बाहिर आएको छ । कम्पनीका संस्थापक पावेल डुरोभले एक अन्तर्वार्ताका क्रममा कम्पनीमा ३० जना मात्र इन्जिनियर रहेको बताएका हुन् ।
दुई महिनाअघि पावेलले सञ्चारकर्मी टस्कर कार्ल्सनलाई अन्तर्वार्ता दिएका थिए । सो अन्तर्वार्तामा उनले टेलिग्रामबारे विभिन्न रहस्य खुलाएका छन् । सामाजिक सञ्जाल एक्समा चर्चा पाइरहेको एउटा क्लिपमा डुरोभले भनेका छन्, “हाम्रो कम्पनीमा उत्कृष्टभन्दा पनि उत्कृष्ट ३० जना इन्जिनियर कार्यरत छन् ।”
उनले कम्पनीमा आफू एक्लो निर्देशक, इक्विटी होल्डर र प्रडक्ट म्यानेजर भएको बताए । अन्तर्वार्ताका क्रममा डुरोभले यस प्लेटफर्ममा एक अर्ब बढी प्रयोगकर्ता जोडिएको खुलाएका छन् । यसमा कहिल्यै विज्ञापन सञ्चालन नगरेको उनको दाबी छ ।
त्यस्तै यसमा मानव संसाधन (ह्युमन रिसोर्स) व्यवस्थापन गर्ने कोही नभएको उनले सुनाए । उनका अनुसार आवश्यक कर्मचारी कन्टेस्ट डटकमबाट लिने गरिन्छ ।
टेलिग्राम क्रिप्टोमा काम गर्ने व्यक्तिहरूका लागि सबैभन्दा लोकप्रिय प्लेटफर्ममध्येको एक हो । त्यसबाहेक यसलाई ह्याकर, स्क्यामर र अफवाह फैलाउनेहरूको अड्डाका रूपमा पनि हेरिन्छ । अपराधको जालोमा यो बढी प्रयोग भइरहेको छ । विशेषगरी प्रयोगकर्ताले आफ्नो जानकारी गोप्य राखेर च्याट गर्न सक्ने भएकाले अनैतिक कार्यका लागि यसको प्रयोग हुने गर्छ ।
Interesting Telegram operating details in this interview with founder Pavel Durov:
— ~1 billion users
— Never ran an ad
— Only 30 full-time employees
— He’s the sole director, equity holder and product manager (works directly with every engineer and designer)
— No HR (he… pic.twitter.com/NvYZBEBC70