काठमाडौं । एप्पलले पोडकास्ट प्रेमीहरूलाई लक्षित गर्दै नयाँ वेब एप प्रस्तुत गरेको छ । अब प्रयोगकर्ताहरूले एप्पल पोडकास्टहरू सफारी, क्रोम, एज, फायरफक्स जस्ता ब्राउजरबाटै सुन्न सक्नेछन् । यस सुविधाले एप्पलको पोडकास्ट सेवामा ठूलो सुधार ल्याउने अपेक्षा गरिएको छ ।
यो नयाँ वेब एप प्रयोग गर्न सहज छ, जसमा प्रयोगकर्ताहरूले आफूलाई मनपर्ने पोडकास्टहरू सुन्न, खोज्न र व्यवस्थापन गर्न सक्छन् । यस वेब एपले विभिन्न डिभाइसहरूमा एकै प्रकारको अनुभव दिने एप्पलको रणनीतिलाई अघि बढाउने बताइएको छ ।
यसमा प्रयोगकर्ताले आफ्नो एप्पल आईडी लगइन गरेर एपसँग सिन्क गर्न सक्नेछन् । यसको इन्टरफेस म्याक र आईओएसमा भएको पोडकास्ट एप जस्तै छ । यसअघि एप्पलले म्याप्स एपको पनि वेब भर्सन सार्वजनिक गरेको थियो ।
एप्पलले आफ्नो पोडकास्ट प्लेटफर्मलाई वेबमा पनि ल्याउने निर्णय गर्दा यो पोडकास्ट उद्योगमा नयाँ चरणको सुरुवात हुन सक्ने विश्लेषण गरिएको छ ।
एप्पल प्रयोगकर्ताले ब्राउजरमा पोडकास्ट सुन्न यहाँ क्लिक गर्नुहोस् ।