काठमाडौं । केही समयअघिसम्म इयरफोन रेडियो सुन्न र मोबाइल फोनमा भएको अडियो सुन्नका लागि प्रयोग गरिन्थ्यो । फेसनको एउटा हिस्सा पनि बनेको इयरफोनको महत्त्व अहिले भने घट्दै गएको छ । यसमा एउटा कारण हो, धेरै स्मार्टफोन मोडेलहरूबाट इयरफोन ज्याकको पोर्ट हटाइनु र ब्लुटुथ नेकब्यान्ड तथा इयरबड्सको बढ्दो लोकप्रियता ।
यदि तपाईं इयरफोनबाट अपडेट हुने सोचमा हुनुहुन्छ भने इयरबड्स राम्रो विकल्प हुन सक्छ । यसका केही कारणहरू छन् । आज हामी इयरबड्स किन्नुपर्ने कारणहरूबारे चर्चा गर्नेछौं:
सहजता
इयरबड्स कम्प्याक्ट र वायरलेस हुन्छन्, जसले गर्दा बोक्न र प्रयोग गर्न सजिलो बनाउँछ । इयरफोनमा जस्तो केबलहरूको चिन्ता हुँदैन, जसले गर्दा यात्रामा निस्किरहनेका लागि यो विशेषताले निकै महत्त्व राख्छ ।
वायरलेस
तारहरू नहुँदा इयरबड्स प्रयोग गर्न निकै सजिलो हुन्छ । विशेषगरी अन्य काम गर्दै अडियो सुन्न अथवा मल्टिटास्किङ गर्न झन्झट हुँदैन । इयरफोनमा भने तारलाई मिलाएर राख्नुपर्ने झन्झट र केही गरी तार चुँडिने पीर हुन्छ, जुन इयरबड्समा हुँदैन ।
गुणस्तर
अहिलेका आधुनिक इयरबड्समा प्रायः गुणस्तरीय आवाज सुन्न सकिन्छ, जसले गीत, पोडकास्ट सुन्न अथवा कलमा कुराकानी गर्दा राम्रो अनुभव प्रदान गर्छ ।
नोइज क्यान्सिलेसन (एएनसी)
धेरै इयरबड्समा बाहिरी आवाजलाई रोक्ने एक्टिभ नोइज क्यान्सिलेसन (एएनसी) फिचर हुन्छ, जसले शान्त वातावरणमा फोकस गरेर अडियो सुन्न सहयोग गर्छ । सामान्यतया इयरफोनमा यो फिचर पाइँदैन ।
ह्यान्ड्स-फ्री फिचर
इयरबड्समा भोइस असिस्टेन्ट (सिरी, गुगल असिस्टेन्ट, एलेक्सा) एकीकृत गरिएको हुन्छ, जसले ह्यान्ड्स-फ्रीको अनुभव दिन्छ । अर्थात्, गीत परिवर्तन गर्न वा कल उठाउन केही ट्यापमा नै सजिलो हुन्छ ।
डिभाइस सपोर्ट
सामान्यतया इयरबड्स स्मार्टफोन, ट्याब्लेट, ल्यापटप र अन्य डिभाइसमा सजिलै कनेक्ट गर्न सकिन्छ । यति मात्र नभइ ती डिभाइसहरूबीच स्विच गर्न पनि सजिलो हुन्छ ।
ब्याट्री लाइफ र चार्जिङ
धेरैजसो इयरबड्स आफ्नै चार्जिङ केसहरूसँग आउँछन्, जसले चार्ज गर्न समस्या हुँदैन । पड्सको ब्याट्री सकिनसाथ केसबाट चार्ज गर्न सकिन्छ । यदि लामो यात्रामा जाँदा केसलाई चार्ज गरे पुग्छ ।
यी इयरबड्सका केही मूलभूत फाइदाहरू हुन् । तर, यति मात्र फाइदाहरू छैनन् । इयरबड्सको केही बेफाइदाहरू पनि छन्, जस्तै बढी समय प्रयोग गर्दा कान दुख्नु, इयरफोनको तुलनामा अलि महँगो हुनु, सस्तो मोडेलमा कम फिचर हुनु, र हराउने सम्भावना हुनु आदि ।