काठमाडौं । अहिले टेलिभिजन पहिले जस्तो समाचार अथवा साप्ताहिक रूपमा आउने कार्यक्रम हेर्ने साधन मात्र रहेन । नेटफ्लिक्स, प्राइम टिभी जस्ता ओटीटी प्लेटफर्म एकीकृत हुनु र इन्टरनेट कनेक्सन हुनुले टिभीलाई स्मार्ट बनाइरहेको छ ।
पानासोनिक, एलजी, सोनी, फिलिप्स, सामसङ केही चर्चित टिभी ब्रान्ड हुन् । ती मध्ये सामसङले १८ वर्षदेखि टिभी क्षेत्रमा काम गर्दै आइरहेको छ । टिभीमा नवीनतम प्रविधि ल्याइरहेको सामसङ अहिले विश्वकै उत्कृष्ट टिभी ब्रान्ड बन्न सकेको छ ।
अझ अहिले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले गर्दा सामसङले आफ्ना टिभीलाई भविष्यको नयाँ होम इन्टरटेनमेन्ट डिभाइस बनाउन लागेको छ । यदि तपाईं पनि टिभी किन्ने सोचिरहनु भएको छ भने सामसङ एक राम्रो विकल्प बन्न सक्छ । तर किन ? आज हामी यसैबारे चर्चा गर्ने छौं:
शक्तिशाली प्रोसेसर
सामसङ एआई टिभी सामसङको नयाँ मोडेलको टिभी हो । यसको मुख्य भागको रूपमा टाइजेन ओएस रहेको छ । यो एउटा यस्तो प्लेटफर्म हो, जसले तपाईंको टिभीलाई स्मार्ट इन्टरटेनमेन्ट हबमा परिणत गर्ने काम गर्छ । यस्ता नयाँ मोडेलका टिभी एनक्यूफोर एआई जेन टु प्रोसेसरबाट चल्ने गर्छन् ।
उत्कृष्ट प्रदर्शन गर्न यिनमा २० एआई न्युरल नेटवर्क प्रयोग गरिएको हुन्छ । टाइजेन ओएसको सरल र प्रयोगकर्तामैत्री इन्टरफेसले एपहरूमा नेभिगेट गर्न, ओटीटी प्लेटफर्म स्ट्रिमिङ गर्न र सेटिङहरू परिवर्तन गर्न सजिलो बनाएको छ । अन्ततः जसले मनपर्ने टिभी कन्टेन्ट तुरुन्तै फेला पार्न र प्रयोगकर्ताको मनोरञ्जन अनुभवलाई अझ सरल र आनन्ददायी बनाउन भूमिका खेल्छ ।
उत्कृष्ट दृश्य
सामसङको फोरके एआई अपस्केलिङ प्रविधिले टिभीमा प्रसारण हुने कन्टेन्टलाई उच्च गुणस्तरको फोरके रेजोलुसनमा हेर्ने सुविधा दिन्छ । यसले भिडिओको मात्र नभई सम्पूर्ण मनोरञ्जन अनुभवलाई पनि थप सुधार गर्छ । भिडिओको गुणस्तर जस्तो भए पनि तपाईंले प्रत्येक दृश्य स्पष्ट देख्न सक्नुहुन्छ । फोरके एआई अपस्केलिङले टिभीमा देखिने हरेक तस्विरलाई स्पष्ट बनाउने गर्छ ।
अटो एचडीआर रि-मास्टरिङ र रियल डेप्थ इनह्यान्सर प्रोले टिभीमा देखिने हरेक दृश्यलाई अझ राम्रो बनाउनुका साथै जीवन्तता थप्छ । त्यस्तै तपाईंले टिभीमा प्यान्टोन प्रमाणित भिजुअल रङ हेर्न सक्नुहुन्छ । त्यो पनि शत प्रतिशत कलर भोलुम र १४४ हर्ज रिफ्रेशरेटको साथ । यस कुरामा भने मोसन एक्सिलरेटरको प्रयोग गरिएको छ ।
स्तरीय आवाज
सामसङ एआई टिभीमा डल्बी एटमस प्रविधिमा आधारित शक्तिशाली आठ ओटा स्पिकर छन् । अनि टिभीमा ओटीएस+ (अब्जेक्ट ट्रयाकिङ साउन्ड प्लस) पनि राखिएको छ । यसले गर्दा तपाईंले टिभीबाट बहुआयामिक आवाज सुन्न सक्नुहुन्छ ।
भन्नुको अर्थ आफू परीपरीबाट आए जस्तो आवाज तपाईंले सुन्न सक्नुहुन्छ । त्यसरी आउने आवाजलाई अझ राम्रो बनाउन एक्टिभ भोइस एम्प्लिफायर प्रो प्रयोग गरिएको छ । यसले गर्दा होहल्ला भए पनि तपाईंले स्पष्ट आवाज सुन्न सक्नुहुन्छ । यसका साथै सबटाइटल बिना कन्टेन्टको आनन्द लिन सक्नुहुन्छ ।
बलियो सुरक्षा
टिभी स्मार्ट भएपछि त्यसमा सुरक्षा पनि चाहिन्छ । यसका लागि सामसङ नोक्स गार्ड प्रयोग गरिएको छ । यसले व्यक्तिगत जानकारी चुहावट हुनबाट रोक्ने काम गर्छ ।
साइबर आक्रमणबाट बचाउने, शङ्कास्पद वेबसाइटहरूबाट बचाउने, नियमित अपडेटहरू पठाउने काम पनि हुन्छ । यसो हुँदा तपाईंले निर्धक्कसँग ब्राउज गर्न र कन्टेन्ट स्ट्रिमिङ गर्न सक्नुहुन्छ । अर्थात् अहिलेको डिजिटल युगमा तपाईं ढुक्कसँग टिभी चलाउन सक्नुहुन्छ ।
स्मार्ट कनेक्सन
सामसङले आफ्नै पारिस्थितिक प्रणाली (इको सिस्टम) बनाएको छ । यसलाई अझ उत्कृष्ट बनाउन स्मार्ट थिङ्स नामक प्लेटफर्म पनि बनाएको छ । यसबाट सामसङका सबै स्मार्ट डिभाइसहरू चलाउन र नियन्त्रण गर्न सकिन्छ ।
उदाहरणका लागि तपाईंले आफ्नो सामसङ स्मार्टफोनबाटै टिभी चलाउन सक्नुहुन्छ । यसले टिभीलाई नियन्त्रण गर्न सरल बनाउनुका साथै टिभीमा गरिने विभिन्न अन्तरक्रियाको प्रक्रिया पनि छरितो हुन्छ ।
दिगो भविष्यमा जोड
विश्वमा दिगो विकास निकै महत्त्वको विषय हो । सामसङले पनि यसमा ध्यान दिएको जनाउ टिभीमार्फत नै दिएको छ । किनकि कम ऊर्जा खपत गरेर र बढी शक्ति दिने गरी सामसङ टिभी डिजाइन गरिएका छन् । यसका लागि इन्टेलिजेन्ट एडजस्मेन्ट फिचर प्रयोग गरिएको छ ।
यसबाट ब्राइटनेश आफैं निर्धारण हुने जस्ता स्मार्ट काम हुन्छन् । तर त्यसो हुँदा पनि टिभीको क्षमतामा कुनै कमी हुन दिइएको छैन । समग्रमा सामसङले आफ्नो टिभी प्रकृतिमैत्री हुने गरी डिजाइन गरेको छ । यसले कार्बन उत्सर्जनमा पनि कमी ल्याउने दाबी सामसङले गरेको छ ।
पछिल्ला लाइनअप
सामसङ एउटा कुनै मोडेलमा मात्र सीमित भएको छैन । सामसङले नियमित रूपमा आफ्ना मोडेलहरूलाई परिमार्जन र परिवर्तन गर्दै लगेको छ । यसले पुराना मोडेलमा भएका कमी कमजोरीलाई सुधार गरेर नयाँ मोडेलमा ल्याइन्छ । यसले पछिल्ला मोडेलहरूलाई अझ उत्कृष्ट बनाउने गर्छ ।
सामसङका नियो क्यूएलईडी, क्यूएन ८५ डी र क्यूएन ९० डी पछिल्ला मोडेलहरू हुन् । जुन नेपालमा पनि उपलब्ध छन् । पातला र आधुनिक डिजाइनमा भएका यी टिभीमा पुराना मोडेल जस्तो तार पनि व्यवस्थित गरिरहनु पर्दैन । यसका साथे यिनीहरूमा अन्य प्रिमियम फिचरहरू हुने भएकाले टिभी हेर्ने अनुभव पनि अलि भिन्न हुने गर्छ ।
यी माथिका विशेषताले नै सामसङको टिभीलाई विश्वमा उत्कृष्ट बनाउन भूमिका खेलेका छन् । यस बाहेक बिक्री पछिको सेवामा पनि सामसङले कुनै कसर बाँकी छाडेको छैन । सामसङले खरिद पछि टिभी नि:शुल्क जडान गरिदिनुका साथै टिभीहरूमा तीन वर्षसम्मको वारेन्टी पनि दिने गर्छ । यसले पनि सामसङको टिभी किन खरिद गर्ने भन्ने प्रश्नको जवाफ अवश्य दिने छ ।
(नोटः यो सामसङ कम्पनीको सहयोगमा तयार पारिएको सामग्री हो)