काठमाडौं । भारतीय अडिओ वेयरेबल ब्रान्ड बोटले ईकमर्स प्लेटफर्म दराजमा 'BoAthead Days Campaign' सञ्चालन गरेको छ । २६ भदौसम्म चल्ने यस अभियानमा बोटका नयाँ र पुराना उत्पादनहरूमा ४० देखि ७० प्रतिशतसम्मको छुट उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यो अभियान अन्तर्गत बोटका स्मार्टवाचहरूमा ७० प्रतिशतसम्मको छुट पाइनेछ । स्मार्टवाचको सुरुवाती मूल्य २३ सय ९९ रुपैयाँदेखि सुरु हुने कम्पनीले जनाएको छ । यस्तै बोटका इयरबड्समा ६५ प्रतिशतसम्मको छुटको अवसर रहेको छ, जसको सुरुवाती मूल्य दुई हजार ९९ रुपैयाँ निर्धारण गरिएको छ ।
नेकब्यान्डहरूमा ५० प्रतिशतसम्मको छुट उपलब्ध हुनेछ भने सुरुवाती मूल्य १४ सय ९९ रुपैयाँ हुनेछ । ब्लुटुथ स्पिकरहरूमा पनि ४० प्रतिशतसम्मको छुट पाइनेछ, जुन २६ सय ९९ रुपैयाँदेखि सुरु हुनेछ ।
यसका साथै, बोटका नर्भाना आयन इयरबड्स पनि पुनः स्टकमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यतिमात्रै नभइ बोटका उत्पादनहरू खरिद गर्ने पाँच भाग्यशाली ग्राहकले बोटको Aavante Bar 600 साउन्डबार जित्ने मौका पाउने भएका छन् ।