काठमाडौं । मेटाले मेसेन्जरमा जस्तै इन्स्टाग्राममा पनि निकनेम फिचर उपलब्ध गराएको छ । यस फिचरको माध्यमबाट तपाईंले आफ्नो मन पर्ने व्यक्तिलाई विशेष नाम दिन सक्नुहुन्छ, जुन केवल तपाईंका लागि मात्र मान्य हुनेछ ।
तपाईंले राखेको निकनेमले उक्त व्यक्तिको अकाउन्ट नेम वा युजरनेममा कुनै परिवर्तन गर्दैन । मेटाका अनुसार यो फिचर दुई प्रयोगकर्ताबीच मात्र लागू हुन्छ, जसले सम्बन्धलाई झन् रमाइलो र व्यक्तिगत बनाउन मद्दत पुर्याउँछ ।
कसरी राख्ने निकनेम ?
इन्स्टाग्राममा कसैको निकनेम राख्नु छ भने तल उल्लेख गरिएको प्रक्रिया अपनाउन सकिन्छ ।
सबैभन्दा पहिले इन्स्टाग्राम एप खोल्नुहोस् ।
त्यसपछि माथि दायाँपट्टिको मेसेज आइकनमा जानुहोस् ।
अनि आफूले निकनेम राख्न चाहेको व्यक्तिको च्याट खोल्नुहोस् ।
यति गरेपछि माथि देखाइएको व्यक्तिको युजरनेममा ट्याप गर्नुहोस् ।
र, निकनेमको अप्सनमा जानुहोस् ।
त्यसपछि उक्त अकाउन्टको युजरनेम देखिएको ठाउँमा ट्याप गर्नुहोस् । र, तलपट्टि आफूले चाहेको युजरनेम राख्नुहोस् ।
नाम टाइप गरिसकेपछि माथि दायाँपट्टि देखिएको डन (Done) को अप्सनमा ट्याप गर्नुहोस् ।
तपाईंले निकनेम राखिसकेपछि मेसेजनमा निकनेम राखिएको नोटिफिकेसन देखिन्छ । निकनेम फेरि परिवर्तन गर्नु परे त्यहाँ देखाइएको अपडेटको लिङ्कमा ट्याप गर्न सक्नुहुन्छ ।
यसरी नै तपाईं उक्त व्यक्तिका लागि आफैंले आफ्नो निकनेम राखिदिन सक्नुहुन्छ । माथि उल्लेख गरिएको प्रक्रिया अपनाएर आफ्नो अकाउन्ट नेम भएको अप्सनमा गएपछि आफ्नै निकनेम राख्न सकिन्छ । यहाँ राखिएको निकनेम उक्त अकाउन्ट प्रयोग गर्ने प्रयोगकर्ता बाहेक अर्कोले देख्न पाउँदैन । अर्थात् निकनेम दुई अकाउन्टबिच मात्र लागू हुन्छ ।