close

सरकारी कर्मचारीको सरुवा अब पूर्णतः अनलाइन, मन्त्रालयले कार्यान्वयनमा ल्यायो सफ्टवेयर प्रणाली

टेकपाना टेकपाना

असार १६, २०८३ २०:६

सरकारी कर्मचारीको सरुवा अब पूर्णतः अनलाइन, मन्त्रालयले कार्यान्वयनमा ल्यायो सफ्टवेयर प्रणाली

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूको सरुवा प्रक्रिया पूर्णतः प्रविधिमा आधारित बनाएको छ ।

मन्त्रालयले हाल सम्पादन हुँदै आएको सरुवा प्रक्रियालाई आधुनिक, प्रविधिमैत्री, पूर्वानुमानयोग्य तथा व्यवस्थित बनाउने उद्देश्यले ‘अनलाइन सरुवा सफ्टवेयर प्रणाली’ विकास गरी कार्यान्वयनमा ल्याएको हो ।

अबदेखि सरुवासम्बन्धी सम्पूर्ण कार्य अनिवार्य रूपमा यसै प्रणालीमार्फत मात्र सञ्चालन गरिने मन्त्रालयको सूचनामा उल्लेख छ ।

सरुवाका लागि इच्छुक कर्मचारीहरूले अनिवार्य रूपमा उक्त अनलाइन प्रणालीमा गएर आफ्नो व्यक्तिगत अकाउन्ट सिर्जना गर्नुपर्नेछ । यसपछि सोही प्रणालीमार्फत मात्र सरुवाको निवेदन पेस गर्नुपर्ने छ ।

अनलाइन प्रणालीबाहेक अन्य माध्यमबाट प्राप्त हुने सरुवासम्बन्धी निवेदन उपर कुनै पनि कारबाही नगरिने मन्त्रायलयले स्पष्ट पारेको छ ।


 

पछिल्लो अध्यावधिक: असार १६, २०८३ २०:६