केही दिनअघि म इलेक्ट्रिक स्कुटरमा छिङह्वा विश्वविद्यालय जाँदै थिएँ, साँझको क्रिकेट खेल्न । यो त्यही क्याम्पस हो, जहाँ सन् २०१६ देखि २०१८ सम्म मैले स्नातकोत्तर पढेको थिएँ । प्राध्यापक, अनुसन्धानकर्ता र विश्वविद्यालयमा काम गर्ने अन्य कर्मचारीहरू बस्ने एउटा शान्त गल्लीबाट हिँ...
