close

इन्टरनेटसँगै टेलिभिजन दिँदै टेलिकम, परीक्षण प्रशारण सफल

टेकपाना टेकपाना

फागुन ५, २०७६ १८:३१

इन्टरनेटसँगै टेलिभिजन दिँदै टेलिकम, परीक्षण प्रशारण सफल

काठमाडौं । सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमले इन्टरनेटमा आधारित टेलिभिजन (आईपीटीभी) सेवा प्रदान गर्ने भएको छ । इन्टरनेटसँगै टेलिभिजन सेवा दिन कम्पनीले सोमबार सफल परीक्षण प्रशारण सम्पन्न गरेको हो ।

टेलिकमका अनुसार सोमबार पहिलो चरणको परीक्षण प्रशारण गरिएको छ । उक्त परीक्षण सकारात्मक भएको टेलिकमले जनाएको छ । यो सेवा आउँदो वैशाख १ देखी ग्राहकलाई उपलब्ध गराउने कम्पनीको योजना रहेको छ ।

हाल यस किसिमको सेवा वर्ल्डलिंक, भायनेट, सुविसु, क्लासिक टेक लगायतका इन्टरनेट सेवा प्रदायक कम्पनीले प्रदान गर्दै आएका छन् । ती कम्पनीहरुले जस्तै टेलिकमले पनि अब ग्राहकलाई इन्टरेनटसँगै टेलिभिजन सेवा उपलब्ध गराउने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१