close

एनसेलको तार तान्ने क्रममा करेन्ट लाग्दा दुई जनाको मृत्यु

टेकपाना टेकपाना

भदौ १४, २०७८ १५:३२

एनसेलको तार तान्ने क्रममा करेन्ट लाग्दा दुई जनाको मृत्यु

काठमाडौं । धादिङको गजुरी गाउँपालिका–५ बञ्चरेमा (धारापानी) एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर आज दुई जनाको मृत्यु भएको छ ।

अविरल वर्षाका कारण पहिरोले रुख ढलेर एनसेलकाे टावरमा रहेकाे तार छिनेको थियो । उक्त तार बनाउन जाने क्रममा विद्युत् प्राधिकरणको पोलमा भर्‍याङ राखी काम गर्दा पोलमा सर्ट भएर सो दुर्घटना भएको धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए ।

मृत्यु हुनेमा स्याङ्जा निवासी २७ वर्षीय विमल परियार र पोखरा महानगरपालिका निवासी २४ वर्षीय उमाकान्त बराल छन् । पोखरा महानगरपालिकाका भुवन बराल घाइते भएका छन् ।

घाइतेको उपचारको लागि काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

-रासस

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१