close

काँग्रेस महाधिवेशनमा मोबाइल निषेध

टेकपाना टेकपाना

मंसिर २३, २०७८ ८:५६

काँग्रेस महाधिवेशनमा मोबाइल निषेध

काठमाडौं । भोलिदेखि नेपाली काँग्रेसको १४औँ महाधिवेशन सुरू हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा हुने सो महाधिवेशनका लागि आचारसंहिता जारी गरिएको छ ।

काँग्रेसको केन्द्रीय निर्वाचन समितिले बुधबार सो आचारसंहिता जारी गर्दै मतदान स्थलभित्र मोबाइल फोनलाई निषेध गरेको छ । मतदानस्थल भुकुटिमण्डपभित्र मोबाइल फोनलाई निषेध गरिएको समितिका संयोजक गोपालकृष्णा घिमिरेले जानकारी दिए ।

उनका अनुसार सो आचारसंहिता शुक्रबारदेखि लागू हुनेछ । निर्वाचन अवधिमा आफ्ना उम्मेदवारीको प्रचारप्रसार गर्न भिजिटिङ कार्ड र सामान्य अपिल वितरण गर्नसकिने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२