close

विश्वकै ठूलो सफ्टवेयर प्रतियोगिता ‘माइक्रोसफ्ट इम्याजिन कप’ हुँदै, यसरी दिनुहाेस् आवेदन

टेकपाना टेकपाना

पुस ७, २०७८ १५:३०

विश्वकै ठूलो सफ्टवेयर प्रतियोगिता ‘माइक्रोसफ्ट इम्याजिन कप’ हुँदै, यसरी दिनुहाेस् आवेदन

काठमाडौं । विश्वकै ठूलो सफ्टवेयर प्रतियोगितामध्येको एक हो ‘माइक्रोसफ्ट इम्याजिन कप २०२२’ । सन् २०२२ को जनवरीको महिनादेखि यो प्रतियोगिता विश्वभरका प्रतियोगीहरूको लागि सुरु हुँदैछ ।

यसका लागि नेपालबाट ‘माइक्रोसफ्ट टेक कम्युनिटी’ ले समन्वय गरिरहेको छ । माइक्रोसफ्ट एमभीपी (मस्ट भ्यालुएबल प्रोफेसनल) तथा नेपाल क्लाउड प्रोफेसनलका अध्यक्ष प्रदिप कंडेलका अनुसार यसैको तयारीस्वरुप नेपालमा ‘आइडियाथन’ आयोजना गरिँदैछ ।

सो कार्यक्रममा माइक्रोसफ्ट इम्याजिन कप २०२२ का लागि आवेदन दिइसकेका तथा आवेदन दिन इच्छुक सबै विद्यार्थी सहभागी हुन पाउने उनले बताए ।

‘एकदिने प्रशिक्षणमा आइडियाथनका सहभागीलाई सफ्टवेयर डेभलपमेन्टसम्बन्धी आवश्यक प्राविधिक तथा व्यवसायिक प्रशिक्षण फरक-फरक प्रशिक्षकको सहकार्यमा दिनेछौं,’ उनले भने, ‘इच्छुक विद्यार्थी एक्लै अथवा समूहमा आएर आफ्नो प्रोजेक्ट आइडियाथनमा प्रस्तुत गर्न सक्नेछन् ।’

योभन्दा अगाडि पनि आइडियाथनमा राम्रो प्रस्तुति गर्ने टोलीहरूले इम्याजिन कपमा सहभागिता जनाएको उनले बताए । आइडियाथनमा इच्छुक विद्यार्थीले यहाँ क्लिक गरेर आवेदन दिन सक्नेछन् ।

पुस १६ गते हुने एक दिने बुटक्याम्प ‘आइडियाथन’ का लागि सोही दिनसम्म पनि आवेदन दिन सकिने कंडेलले बताए ।

त्यसैगरी माइक्रोसफ्ट इम्याजिन कप २०२२ को लागि यहाँ क्लिक गरेर आवेदन दिन सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२