close

साढे १२ लाख मूल्यका अवैध मोबाइलसहित एक जना पक्राउ

टेकपाना टेकपाना

फागुन १८, २०७७ १५:२४

साढे १२ लाख मूल्यका अवैध मोबाइलसहित एक जना पक्राउ

काठमाडौं । अवैध रुपमा भन्सार छली गरेर ल्याएका मोबाइलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-७ गौरिघाट संगम चोक डेरा गरी बस्ने मिलन श्रेष्ठलाई सोमबार पक्राउ गरेको हो ।

रामेछाप लिखु गाउँपालिका-६ घर भएका २६ वर्षीय श्रेष्ठको साथबाट अवैधरुपमा भन्सार छली गरी ल्याएका १ सय ६७ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ । विभिन्न ब्राण्डका ती मोबाइलको मूल्य करिब १२ लाख ४४ हजार बराबर रहेको छ ।

अवैधरुपमा भन्सार छली ल्याएका विभिन्न ब्राण्डका मोबाइलहरु श्रेष्ठको डेरा कोठामा लुकाएर राखेको भन्ने सूचनाको आधारमा उनको डेरा खाेजतलासी गरिएको थियो । यस विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४