close

रोजगारीको अवसर जुटाइदिने सामाजिक सञ्जाल ‘रोलिङ नेक्सस’ सञ्चालनमा

टेकपाना टेकपाना

फागुन २५, २०७७ १९:९

रोजगारीको अवसर जुटाइदिने सामाजिक सञ्जाल ‘रोलिङ नेक्सस’ सञ्चालनमा

काठमाडौं । रोलिङ प्लान्स प्राइभेट लिमिटेडले नेपालको पहिलो व्यवसायिक सामाजिक सञ्जालको रुपमा ‘रोलिङ नेक्सस’ सुरुवात गरेको छ । ६ महिना लामो परीक्षणपछि कम्पनीले एकै पटक तीन वटा एप सार्वजनिक गरेको हो ।

जसमा रोलिङ नेक्सस, रोलिङ कर्मशील स्वदेश र रोलिङ कर्मशील विदेश रहेका छन् । नयाँ सम्भावनाहरुका सञ्जाल भन्ने नाराका साथ आएका उक्त एपमध्ये प्रयोगकर्ताको प्राथमिकता अनुसार स्वदेश र विदेशमा विभाजित गरिएको छ ।

रोलिङ कर्मशील स्वदेश एपबाट दक्ष, अदक्ष श्रमिकलाई उपयोगी हुने रोजगारी र अन्य अवसरका जानकारी मोबाइल नोटिफिकेसनमार्फत पाउन सकिनेछ । यसका साथै स्वतन्त्र रोजगारी गर्न चाहनेहरुका लागि आफ्नो सीप अनुसारको घर सेवा तथा आफ्नो सवारी साधन भएकाले वितरण सेवाको अवसर खोजी गर्न सकिनेछ ।

रोलिङ कर्मशील विदेश एपबाट भरपर्दो वैदेशिक रोजगारीको खोजी, विदेश बसाईका क्रममा परेका समस्याको समाधानका लागि पहल र स्वदेश फर्केर केही गर्न चाहनेका लागि अवसरहरु उपलब्ध हुने उल्लेख गरिएको छ ।

त्यस्तै रोलिङ नेक्सस एपमा समाजका हरेक वर्गलाई सम्बोधन गर्ने प्रयास गरिएको रोलिङ एक्सेसका अध्यक्ष अनुप जंगमले बताए । उनका अनुसार रोलिङ एक्सेसलाई ७ वटा समूहमा विभाजन गरिएको छ । जसमा रोलिङ जब एक हो, जसको उद्देश्य स्वदेशी रोजगारी र अवसरको खोजी तथा सीप अभिवृद्धि गर्नु रहेको छ ।

त्यस्तै रोलिङ टेण्डर अर्को फिचर हो । व्यवसायीले आफ्नो कामअनुरुपको अवसर हेरी सम्पूर्ण विड तथा टेन्डर खोजी, दर्ता तथा व्यवस्थापन अनलाइनमार्फत नै गर्न मिल्ने गरी यो फिचर ल्याइएको हो ।

कम्पनीले विदेश अथवा स्वदेशबाट माग आउने छोटो वा लामो काम घरमै बसी गर्न मिल्ने फ्रिल्यान्सरको अवसरको खोजी गर्नका लागि रोलिङ फ्रिलान्स पनि उपलब्ध गराएको छ ।

यसका साथै एपमा रोलिङ क्याट भन्ने विकल्प पनि रहेको छ । जसमार्फत आफ्नो सीप, शैक्षिक तह तथा कार्यक्षेत्र अनुरुपको बौद्धिक परिक्षण अनलाइनमै गर्न तथा कम्पनी तथा शैक्षिक संस्थाले छनौट प्रक्रियाका लागि गर्ने परिक्षा तथा मुल्यांकनका कार्य अनलाइनबाट सञ्चालन गर्न सकिने उल्लेख गरिएको छ ।

कम्पनीले भर्चुअल कक्षा कोठा, भर्चुअल मेला, विज्ञबाट परामर्श, बिभिन्न कार्यक्रम, सेमिनारको अनलाइन मार्फत प्रवद्र्धनका लागि रोलिङ इभेन्ट सेवा पनि उपलब्ध गराएको छ । त्यस्तै उक्त एपमा आफ्नो कार्यक्षेत्र र रुचिको क्षेत्र अनुरुपको विभिन्न विषय सम्बन्धित लिखित प्रश्नोतर तथा छलफलमा सहभागी हुने मिल्ने गरी रोलिङ छलफल फिचर उपलब्ध भएको छ ।

त्यस्तै कम्पनीले अनलाइन सपिङका लागि रोलिङ बजार उक्त प्लेटफर्ममा उपलब्ध गराएको छ । जसमार्फत नेपाली घरेलु उद्यमीलाई प्रवर्द्धन गर्ने काम हुने कम्पनीले जनाएको छ । जंगमका अनुसार सम्भावना र अवसरलाई एउटै प्लेफर्ममा समेट्ने उद्देश्यले रोलिङ नेक्सस प्रारम्भ गरिएको हो ।

जसमा १८ वर्षदेखि ६५ वर्षका उमेर समूहमा पर्ने करिब २ करोड श्रम शक्तिका रुपमा रहेका नेपाली नागरिकलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा एउटा पूर्ण व्यवसायिक सामाजिक सञ्जालको प्लेटफर्म उपलब्ध भएको छ ।

यो मुख्यत फोर–ई(4-E) को सिद्धान्तमा आधारित रहेको छ । जसमा ‘इम्प्लाेययमेन्ट’ अर्थात रोजगारी एक हो । रोलिङ नेक्ससको उद्देश्य रोजगारी सृजना तथा प्रवर्द्धन गर्नुका साथै त्यससँग सम्बन्धित दक्षता अभिवृद्धि गर्नु पनि रहेको छ ।

त्यस्तै अर्को उद्यमशीलता हो । जसमा पियर-टु-पियर शेयर्ड अर्थात एकअर्कासँगको साझेदारीमा र गीग इकोनोमीको अवधारणमा रहेर अवसर र सम्भावनाको खोजी, उद्यमशीलता प्रवर्द्धन तथा व्यवसायिक वृद्धि गर्ने लगायतका काम हुनेछ ।

त्यसैगरी महिला, विपन्न समूह, फरक सक्षमता भएका र सेवानिवृत्त समूहलाई पनि अवसर र सम्भावना दिनका लागि विशेष पेजमार्फत प्रवर्द्धन गर्न इम्पावरमेन्ट अर्थात सशक्तिकरणको अवधारण पनि यस एपको रहेको छ ।

साथै सबैको संलग्नतालाई कम्पनीले अर्को अवधरणाको रुपमा लिएको छ । जसमा समान सामाजिक वा व्यवसायिक रुचि, गतिविधि, पृष्ठभूमि भएकाहरुले एकै सञ्जालमा रही सम्बन्धको विकास गरी साझेदारी गर्ने प्लेटफर्म पाउँछन्।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१