डिशहोमका यी ग्राहकले पाउनेछन् अब सित्तैमा इन्टरनेट

Dishhome-internet-tv-techpana

काठमाडौं । डिशहोमले ग्राहकका लागि सित्तैमा १० एमबीपीएस गतिको इन्टरनेट प्रदान गर्ने भएकाे छ । डिशहोम फाइबरनेटले सेवा सुरु गरेसँगै डिशहोम फाइबरनेट उपलब्ध ठाउँमा रहेका ग्राहकले निःशुल्क इन्टरनेट पाउने भएका हुन् ।

कम्पनीका अनुसार यो अफरअन्तर्गत डिशहोमकोे मासिक, त्रैमासिक अर्धवार्षिक वा वार्षिक रिचार्जमा सोही अवधिको लागि १० एमबीपीएस स्पीडको इन्टरनेट निःशुल्क प्रयोग गर्न सकिने छ ।

डिशहोमका ग्राहकहरुले निःशुल्क इन्टरनेट सेवासँगै आफ्नै मोबाइलमा डिशहोम गो एपमार्फत ७० भन्दा धेरै डिशहोमका च्यानल पनि निःशुल्क हेर्न पाउनेछन् ।

त्यस्तै भिडियाे अन डिमान्ड (भिओडी) मार्फत नयाँ-नयाँ मनोरञ्जनात्मक कार्यक्रम हेर्न सकिने कम्पनीले जनाएकाे छ । त्यस्तै डिशहोम गो वेबमार्फत ग्राहकले आफ्नै डेस्कटप तथा ल्यापटपमा पनि डिशहोमका च्यानल हेर्नसक्ने छन् ।

साथै एक्सभिओडीमा हजारौं घण्टाका मनोरञ्जनात्मक कार्यक्रम बिना अतिरिक्त शुल्क आफ्नै समयमा हेरेर मज्जा लिन पाइने भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team