close

इन्टरनेट विस्तारमा उल्लेख्य उपलब्धि, यस्तो छ ५ वर्षको तथ्याङ्क

टेकपाना टेकपाना

असोज २६, २०७८ ११:१४

इन्टरनेट विस्तारमा उल्लेख्य उपलब्धि, यस्तो छ ५ वर्षको तथ्याङ्क

काठमाडौं । आज हाम्रो दैनिकी इन्टरनेटसँग जोडिएको छ । हरेक कुरा इन्टरनेटसँग जोडिदै गर्दा सबैका लागि यो अपरिहार्य भएको छ । यसैलाई मध्यनजर गर्दै सरकारले पनि इन्टरनेटलाई अत्यावश्यक सेवामा यसलाई राख्ने निर्णय गरिसकेको छ ।

जसको प्रतिफल आज व्यवसायहरू इन्टरनेटमा आधारित हुँदै गएका छन् । किनमेल अनलाइबाटै हुन थालेको छ । क्यासलेस कारोबारले प्राथमिकता पाइरहेको छ । अझ कोभिड–१९ ले सिर्जना गरेको सामाजिक दूरी र वर्कफर्म होम शैलीलाई आत्मासाथ गर्नका लागि इन्टरनेट एकमात्रै विकल्प भएको छ ।

सामाजिक दूरी कायम गर्नुपर्ने अवस्थामा घरबाटै कार्यालयको काम गर्नुपर्ने वाध्यता छ । कोभिड पश्चात कतिपय कार्यालय इन्टरनेटमै निर्भर छन् । हुन त विस्तारै मानिस सामान्य जीवनमा फर्किने कोसिस गरिरहेका भएता पनि अझै अवस्था सामान्य भने भइसकेको छैन् । यस्तो अवस्थामा इन्टरनेटको प्रयोग बढ्नु स्वभाविक नै हो । जसको परिणाम स्वरुप विश्व परिवेशमै इन्टरनेटको प्रयोग दैनिकरूपमा बढ्दै गएको देखिन्छ ।

विगत पाँच वर्षको तथ्याङ्कलाई केलाएर हेर्ने हो भने नेपालमा पनि इन्टरनेट प्रयोग गर्नेको संख्या ठूलो मात्रामा वृद्धि भएको छ । आर्थिक वर्ष (आव) २०७७/०७८ को नेपाल दूरसञ्चार प्राधिकरणको भर्खरमात्रै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार गएको असार मसान्तसम्म नेपालमा इन्टरनेट प्रयोग गर्ने ग्राहकको संख्या तीन करोड ९ लाख ९३ हजार १८५ रहेको छ ।

जसमा मोबाइल इन्टरनेट सब्सक्राइभरको संख्या २ करोड २९ लाख ८५ हजार २७ र फिक्स इन्टरनेट सब्सक्राइभर ७७ लाख ९६ हजार २१४ रहेका छन् । जुन पछिल्ला पाँच आर्थिक वर्षमा भएको निरन्तरको वृद्धिको प्रतिफल हो । गत आवसम्म ब्रोडब्याण्ड इन्टरनेट सब्सक्राइबरको संख्या दुई करोड ८० लाख तीन हजार ३४५ रहेको थियो ।

प्राधिकरणको तथ्याङ्कअनुसार आव २०७३/०७४ मा एक करोड ६१ लाख ८६ हजार ७५९ ब्रोडब्याण्ड सब्सक्राइबर थिए । त्यसमा मोबाइल इन्टरनेट प्रयोगकर्ताको संख्या १ करोड ५७ लाख ३९ हजार ७४१ थियो भने, फिक्स ब्रोडब्याण्ड तर्फ ४ लाख ४७ हजार १८ रहेको थियो ।

तथ्याङ्क अनुसार आव २०७४/०७५ इन्टरनेट सब्सक्राइबरमा कमी आएको भएता पनि त्यसपछिका दुई आवमा भने निरन्तर वृद्धि भएको देखिन्छ । इन्टरनेट सब्सक्राइबरको संख्यामा आएको वृद्धिको सकारात्मक प्रभाव नेपालमा इन्टरनेट पहुँचमा समेत देखिएको छ । विगत पाँच वर्षमा नेपालमा इन्टरनेट पहुँच झन्डै ४२ प्रतिशतले वृद्धि भएको छ ।

आव २०७३/०७४ मा नेपालको कुल जनसंख्याको ६१.०९ प्रतिशतमा इन्टरनेटको पहुँच रहेको थियो । हाल इन्टरनेट पहुँच अलेख्य रुपमा वृद्धि हुँदै गएको छ । यसरी असार मसान्तसम्म १०२.८२ प्रतिशत जनसंख्यामा इन्टरनेटको पहुँच पुगको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१