close

१०२ मा कल गरेर डेंगी सङ्क्रमितले निःशुल्क एम्बुलेन्स सेवा लिन सक्ने

टेकपाना टेकपाना

भदौ ३१, २०७९ १३:३१

१०२ मा कल गरेर डेंगी सङ्क्रमितले निःशुल्क एम्बुलेन्स सेवा लिन सक्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले डेंगी सङ्क्रमितका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । पछिल्लो समय डेंगी रोगका बिरामी बढ्दै गएपछि महानगरले यस्तो निर्णय गरेको हो ।

यस रोगका सङ्क्रमितले १०२ मा कल गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्नसक्ने जनाइएकाे छ ।

काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले बिहीबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै डेंगी सङ्क्रमित बिरामीलाई निःशुल्क एम्नुलेन्स सेवा उपलब्ध गराउने जानकारी दिएका हुन् ।

त्यस्तै महानगरले डेंगी रोगको परामर्शका लागि चाैबिसैं घण्टा हटलाइन सेवा सुरु गरेको छ ।

कुनै पनि व्यक्तिलाई डेंगी लागेको छ वा डेंगी सङ्क्रमणका लक्षण देखिएका छन् भने ११८० मा कल गरेर स्वास्थ्यकर्मीबाट निःशुल्क परामर्श लिन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४