close

हाम्रो घरघरमा कसरी आइपुग्छ इन्टरनेट ?

टेकपाना टेकपाना

माघ ९, २०७८ १४:१७

हाम्रो घरघरमा कसरी आइपुग्छ इन्टरनेट ?

काठमाडौं । गत साता दक्षिण प्रशान्त महासागरमा पानी भित्र भएको ज्वालामुखी विस्फोटका कारण नेपालको इन्टरनेट सेवा पनि प्रभावित भएको छ । ज्वालामुखी विष्फोटपछि आएको सुनामीको कारण विश्वकै इन्टरनेट तथा दूरसञ्चार नेटवर्कमा समस्या देखिएको छ ।

विष्फोट र समुद्री आँधिबाट सबमरिन केबल (समुद्र मुनी बिछ्याइएको तार) क्षति पुगेपछि इन्टरनेट सेवा प्रभावित भएको हो । नेपालका सेवा प्रदायकले इन्टरनेट व्यान्डविथ किन्ने टाटा र एयरटेलको सबमरिन केबलमा पनि क्षति पुगेकाले केही साता अझैं इन्टरनेट सेवा प्रभावित हुने इन्टरनेट सेवा प्रदायक संघले विज्ञप्ति जारी गरेर जानकारी गराएको छ ।

हामीले आफ्नो मोबाइल वा कम्युटरमा सहजै इन्टरनेट चलाउन पाए पनि हाम्रीसमक्ष इन्टरनेट आइपुग्न धेरै तारहरुको सञ्जालको भूमिका हुन्छ । इन्टरनेटको सञ्जाल वा तार वा ताररहित प्रविधि जोडिएर बनेको हुन्छ । यिनै तारको सञ्जालमार्फत नेपालमा पनि इन्टरनेट भित्रिन्छ ।

नेपालमा इन्टरनेट भित्र्याउने काम नेटवर्क सेवा प्रदायकहरुले गर्छन् । नेटवर्क सेवा प्रदायकले नेपाल भित्र्याएको इन्टरनेट व्याण्डविथ इन्टरनेट सेवा प्रदायकले किन्छन् र उपभोक्तालाई बिक्री गर्छन् । नेपालगञ्ज, भैरहवा, बीरगञ्ज, तातोपानी नाका हुँदै अप्टिकल फाइबरमार्फत इन्टरनेट व्यान्डविथ नेपाल ल्याइन्छ । चिनियाँ नाकामार्फत् नेपाल भित्रिने व्याण्डविथको परिमाण निकै कम छ । नेपाल टेलिकमले चिनियाँ नाका हुँदै अप्टिकल फाइबर बिछ्याएर नेपालमा इन्टरनेट व्यान्डविथ भित्र्याइरहेको छ भने अन्य सेवा प्रदायकले नेपाल–भारत नाकाबाट अप्टिकल फाइबरमार्फत इन्टरनेट व्यान्डविथ नेपाल भित्र्याइरहेका छन् । यिनै अप्टिकल फाइबरको सञ्जालबाट देशभर इन्टरनेटको व्याण्डविथ पुगिरहेका हुन्छन् । नेपालका सेवा प्रदायकहरुले भारत, सिंगापुर र चीनबाट इन्टरनेट व्याण्डविथ किन्ने गर्छन ।

नेपाल भित्रिएको इन्टरनेट व्याण्डविथलाई सेवा प्रदायकले आफैंले विछ्याएको अप्टिकल फाइबरमार्फत वा नेपाल विद्युत् प्रँधिकरणको प्रसारण लाइनमा राखिएको एलपीजीडब्लू केवलमार्फत देशका विभिन्न भागमा पुर्याइरहेका छन् ।

इन्टरनेट सेवा प्रदायकले उपभोक्तालाई दिने इन्टरनेट सेवा अप्टिकल फाइबर वा केवलको माध्यमबाट हाम्रो घरमा पनि आइपुग्छन् ।

तपाईंहरुले याद गर्नु भएकै होला यसरी हाम्रो घरमा आइपुगेको तारलाई राउटरमा जोड्ने गरिन्छ । राउटरमार्फत हामी हाम्रो डिभाइसमा इन्टरनेट कनेन्ट गर्छौ । डेस्कटप वा ल्यापटप छ भने त राउटरमार्फत तार जोडेर पनि इन्टरनेट प्रयोग गर्न सकिहालिन्छ । अन्यथा हामी वाई–फाईमार्फत् इन्टरनेटको उपभोग गर्दै इन्टरनेट सञ्जालसँग जोडिन्छौं ।

यसबारे थप जानकारीको लागि यो भिडियो हेर्नुहोस् :

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२