close

तीन व्याण्ड भएको विश्वकै पहिलो वाई-फाई सिक्स मेस सिस्टम सार्वजनिक, यस्तो हुनेछ सुविधा

टेकपाना टेकपाना

कात्तिक २२, २०७८ १०:५६

तीन व्याण्ड भएको विश्वकै पहिलो वाई-फाई सिक्स  मेस सिस्टम सार्वजनिक, यस्तो हुनेछ सुविधा

काठमाडौं । पछिल्ला केही वर्षमा हामीले सम्भव भएसम्मको उत्कृष्ट होम वाई-फाई सिस्टमको महत्त्व कति छ भन्ने कुराको महसुस गरेका छौँ । यसमा डेड स्पटमा सिग्नल नटिप्ने देखि राम्रो जुम मिटिङका लागि समस्या आउने कुनै अवस्था रहँदैन । तर तपाईंको इन्टरनेट कनेक्सन नै गुम्यो भने के होला ?

यदि तपाईं फाइभजी कभरेज भएको क्षेत्रमा हुनुहुन्छ भने फाइभजी ट्राइ-ब्यान्ड वाई-फाई सिक्स मेस सिस्टम एउटा गतिलो समाधान हुनसक्छ । नेटगियरले भर्खरै विश्वकै पहिलो फाइभजी ट्राइ-ब्यान्ड (तीन ओटा ब्यान्ड भएको) वाई-फाई मेस सिस्टम प्रस्तुत गरेको छ । नेटगियर ओर्बी एनबीके७५२ मेश सिस्टमले फाइभजी र मेश वाईफाईलाई एउटै प्रडक्टमा समावेश गरेको छ । 

जसको सहयोगमा समग्र घरलाई (५ हजार वर्ग फिटसम्म) वाईफाईले समेट्न सकिन्छ । चाहे तपाईं सहरका इटाले बनेका पक्की घरमा बस्नुहोस् वा गाउँका ढुङ्गे घरमा रहनुहोस् । ट्राइ-ब्यान्ड वाई-फाईले राउटर र स्याटेलाइटबीच डेडिकेटेड वाईफाई कनेक्सन प्रदान गर्न सक्छ । यसमा एकैसमयमा कति डिभाइस कनेक्ट छन् भन्ने कुराको मतलव हुन्न । तपाईंले सम्भव भएसम्मको उत्कृष्ट सुविधा यसबाट पाउन सक्नुहुन्छ ।

नेटगियर ओर्बी एनबीके७५२ अधिकांश मोबाइल सेवाप्रदायकको नेटवर्कमा काम गर्नेगरी तयार पारिएको छ । तर यो त्यति सस्तो भने छैन । यसको हालको बजार मूल्य १०९९.९९ अमेरिकी डलर अर्थात् करिब एक लाख ३० हजार रुपैयाँ रहेको छ । 

हाल अमेरिकामा सुरु भएको यो प्रविधि नेपालमा तत्कालै आउने सम्भावना भने छैन् । केही समय अघि मात्रै वल्र्डलिंकले नेपालमा ३ सय एमबीपीएसको मेश वाई फाई प्रविधि भित्र्याएको छ ।

विद्यमान वाईफाई प्रविधिले इन्टरनेट स्पिडको माग नधान्ने भन्दै विभिन्न सेवा प्रदायक र प्रविधि कम्पनीबीच वाईफाईको नयाँ प्रविधि अन्वेषण गर्ने विषयमा प्रतिस्पर्धा चलिरहेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५