close

खल्तीको नक्कली कर्मचारी बनेर अनलाइन ठगी गर्ने २ जना पक्राउ, यस्तो थियो धन्दा

टेकपाना टेकपाना

माघ २, २०७८ १७:२३

खल्तीको नक्कली कर्मचारी बनेर अनलाइन ठगी गर्ने २ जना पक्राउ, यस्तो थियो धन्दा

काठमाडौं । डिजिटल वालेट खल्ती एपको नक्कली कर्मचारी बनेर अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । अनलाइन ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा जिल्ला पर्सा छिपहरमाई गाउँपालिका वडा नम्बर २ बस्ने १८ वर्षीय निरञ्जन कुमार गुप्ता र सोही स्थानका करण यादव (१८) लाई शुक्रबार पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्सासँगको समन्वयमा पक्राउ परेका दुवै आरोपीलाई  ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागी आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ । उनीहरूले आफूलाई खल्तीको कर्मचारी भएको बताउँदै मोबाइल नम्बर ९७४८३९६४९२ बाट फोन सम्पर्क गर्ने गरेका थिए ।

‘तपाईँको खल्ती खाता नवीकरण गर्नुपर्ने रहेछ । तपाईँको मोबाइल नम्बरमा ओटीपी कोड आउँछ । उक्त ओटीपी कोड अरु कसैलाई नदिई टिपाउनु,’ भन्दै उनीहरूले पीडितहरूलाई विश्वासमा पार्ने गरेका थिए ।

यसरी ओटीपी लिएर पीडितकै खल्ती आईडी खोल्ने र बिभिन्न ब्यक्तिहरूको नाममा रहेको बैंक खाता, ई-सेवा, खल्ती जस्ता आईडीमा रकम ट्रान्सफर गरी उक्त रकम बिभिन्न ब्यक्तिहरूको नागरिकताको फोटोकपी पेस गरी आईएमई तथा सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट रकम निकाल्ने गरेको प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२