close

महिलाको नग्न फोटो लिएर मेसेन्जरमा ब्ल्याकमेल गर्ने व्यक्ति स्वदेश फर्किँदा एयरपोर्टबाटै पक्राउ 

टेकपाना टेकपाना

माघ १४, २०७८ १४:७

महिलाको नग्न फोटो लिएर मेसेन्जरमा ब्ल्याकमेल गर्ने व्यक्ति स्वदेश फर्किँदा एयरपोर्टबाटै पक्राउ 

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल फेसबुकबाट ब्ल्याकमेल गर्ने एक जना युवालाई पक्राउ गरेको छ । ब्युरोले कास्की रूपा गाउँपालिका वडा नम्बर ७ सिस्नेरी बस्ने ३१ वर्षीय मुक्तिनाथ खनाललाई पक्राउ गरेको हो ।

उनी वैदेशिक रोजगारीमा छँदा सामाजिक सञ्जाल फेसबुकमार्फत महिलालाई फ्रेन्ड रिक्वेस्ट पठाएर साथी बनाएका थिए । त्यसपछि उनले मेसेन्जरमा कुराकानी गर्ने क्रममा ललाइफकाइ, धाक धम्की, डर त्रास र प्रलोभनमा पारी दुःख र हैरानी दिने गरेको ब्युरोले जनाएको छ ।

ब्युरोको अनुसार ती महिलाको नग्न तस्वीर तथा भिडिओ प्राप्त गरी उनका श्रीमान लगायतका अन्य आफन्तजनमा सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेल गर्दै आएका थिए । वैदेशिक रोजगारीबाट फर्किने क्रममा महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयसँगको समन्वयमा ब्युरोको टोलीले शुक्रबार खनाललाई पक्राउ गरेको हो ।

उनी विरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता भएपछि प्रहरीले फरार सूचीमा राखेको थियो ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२