close

अब स्न्यापच्याटमा पनि लोकेसन दिएर साथी बोलाउन सकिने

टेकपाना टेकपाना

फागुन ८, २०७८ ११:५९

अब स्न्यापच्याटमा पनि लोकेसन दिएर साथी बोलाउन सकिने

काठमाडौं । स्न्यापच्याटले रियल टाइम लोकेसन शेयरिङ फिचर सुरु गर्ने घोषणा गरेको छ । यो फिचर सुर भएसँगै स्न्यापच्याटमा केही निश्चत समयका लागि आफ्नो साथीलाई आफ्नो लोकेसन शेयर गर्न मिल्नेछ ।

कोही साथीलाई आफू रहेको स्थानमा बोलाउन वा आफ्ना साथी वा परिवारका सदस्यलाई आफू कतै रहेको जानकारी दिन यो फिचर उपयोगी हुनेछ ।

याे आईओएसमा रहेको ‘फाइन्ड माई एप’ जस्तै हुनेछ । हाल यो फिचर फेसबुकको म्यासेन्जर र ह्वाट्सएपमा पनि उपलब्ध छ ।

स्न्यापच्याटमा पनि कम्तिमा १५ मिनेट वा केही घण्टाको लागि आफ्नो लाइभ लोकेसन शेयर गर्न सक्ने सुविधा रहनेछ ।

गोपनीयता कायम राख्न कोही प्रयोगकर्ताले शेयर गरेको लोकेसन अर्को पक्षलाई थाहै नदिई पनि रोक्न सक्ने सुविधा हुने स्न्यापच्याटले जनाएको छ ।

लोकेसन शेयर गर्नको लागि प्रयोगकर्ताले आफ्नो साथीको प्रोफाइलमा गएर आफूले कत्ति समयको लागि लोकेसन सेयर गर्ने हो सोही अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ ।

यसरी शेयर गरेको लोकेसन साथीसँगको च्याट विन्डोमा देखिनेछ । स्न्यापच्याटमा पहिलो पटक लाइभ लोकेसन शेयर फिचर आउने भए पनि लोकेसनबारे थाहा दिने फिचर भने एपमा पहिल्यैदेखि छ ।

अहिले पनि आफूले अन्तिम पटक एप कहाँ बसेर चलाएको हो भनेर जानकारी दिने फिचर उपलब्ध छ ।

स्न्याप म्याप नामक यो फिचर हरेक महिना २५ करोड प्रयोगकर्ताले उपयोग गरिरहेको कम्पनीले जनाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२