close

क्लाउड गेमिङ, जसले बदल्दै छ गेम खेल्ने शैली

गणेश सुवेदी गणेश सुवेदी

चैत १७, २०७८ १४:२०

क्लाउड गेमिङ, जसले बदल्दै छ गेम खेल्ने शैली

काठमाडौं । अहिले हामीले देखिरहेको गेमिङ चाँडै नै रुपान्तरण हुँदैछ । भविष्यमा हामीले गेम मोबाइलमा नराखिकन सिधै खेल्न पाउने छौँ । यो सुन्दा अलि आश्चर्य लाग्नसक्छ । तर, भविष्यमा यो सबै क्लाउड गेमिङको सहायताले हुँदैछ ।

क्लाउड गेमिङमा न त तपाईँलाई ‍र्‍यामको समस्या हुन्छ, न त स्टोरेजको नै । त्यसैले भविष्यमा त्यस्तो दिन पनि आउँछ, जहाँ तपाईँले गेम खेल्नकै लागि भनेर महङ्गा मोबाइल फोन तथा कम्प्युटर किन्नुपर्दैन ।

क्लाउड गेमिङको मद्दतले तपाईँहरूले गेम नेटफ्लिक्स, ट्विच वा युट्युवमा भिडिओ हेरे जस्तै गरेर खेल्न सक्नुहुनेछ । क्लाउड गेमिङ सर्भिस भर्चुअल मसिनमार्फत शक्तिशाली सर्भरहरूमा गेमहरूलाई होस्टिङ वा चलाएर सञ्चालन गरिन्छ ।

गेमप्लेको भिडिओ स्ट्रिमलाई त्यसपछि कम्प्रेस गरी वर्ल्ड वाइड वेब मार्फत प्रयोगकर्ताको डिभाइससम्म पुर्‍याइन्छ । त्यसपछि प्रयोगकर्ताले आफ्नो डिभाइसमा गेम नियन्त्रणका लागि गरेको हलचललाई रेकर्ड गरेर इनपुटहरू सर्भरमा पठाइन्छ, जसले ति इनपुटलाई हेरेर र छिटोभन्दा छिटो प्रमुख सर्भरमा फिर्ता पठाउँछ ।

यो सबै प्रक्रिया निकै नै छोटो समयमा हुन्छ । यसरी सिग्नलको आदानप्रदान हुन्छ । तर इन्टरनेटको स्पीड कम भयो भने यो सबै प्रक्रिया छिटो हुन सक्दैन । जसको कारण प्रयोगकर्ताले वास्तविक समयमा आफ्नो डिभाइसमा गरेको गेमिङ अनुभवभन्दा क्लाउड गेमिङमा गरेको अनुभवमा ह्यास आउँछ ।

संक्षेपमा भन्नुपर्दा क्लाउड गेमिङको भविष्य एकदमै राम्रो छ र यो भविष्यको आवश्यकता पनि हो । तर यसलाई व्यवहारमा उतार्न प्रमुख चुनौती भनेको इन्टरनेट स्पीड नै हो ।

क्लाउड गेमिङको विचार अहिलेभन्दा धेरै पहिले आएको हो, तर इन्टरनेटको स्पीड कम हुँदा यसले वास्तविकता पाउन सकेको थिएन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३