close

जीवनसाथी खोजिदिने एप ‘बिहे नेपाल’ले सार्वजनिक गर्‍यो भीआईपी क्लब, वार्षिक शुल्क १५ हजार

टेकपाना टेकपाना

भदौ २४, २०७९ १९:१४

जीवनसाथी खोजिदिने एप ‘बिहे नेपाल’ले सार्वजनिक गर्‍यो भीआईपी क्लब, वार्षिक शुल्क १५ हजार

काठमाडौं । बिहे नेपालले आधिकारिक रूपमा भीआईपी क्लब सार्वजनिक गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको कर्मा क्लबमा एक कार्यक्रम आयोजना गर्दै बिहे नेपालले ‘भीआईपी क्लब’को सुरूवात गरेकाे हो ।

प्रयोगकर्ताको अत्याधिक माग बढेपछि भीआईपी क्लब ल्याएको कम्पनीको सह-संस्थापक श्रद्धा कटवालले जानकारी दिइन् ।

भीआईपी क्लबको सब्स्क्रिप्सन वार्षिक सब्स्क्रिप्सन शुल्क १५ हजार रहेको छ भने ६ महिनाका लागि १० हजार रुपैयाँ ताेकिएकाे छ ।

बिहे नेपालले भीआईपी क्लबमार्फत उपलब्ध गराउने सेवाका लागि आधिकारिक कागजात र फोटो प्रयोग गरेर अनलाइन रजिष्टर गर्नुपर्नेछ ।

यसरी भीआईपी क्लबमा प्रवेश गर्ने प्रयोगकर्ताले भीआईपी क्लबका अन्य भीआईपी र स्टान्डर्ड (सामान्य प्रयोगकर्ता) सँग नेटवर्क बनाउन सक्छन् ।

सामान्य प्रयोगकर्ताले भने भीआईपी क्लबका प्रयोगकर्तासँग सम्पर्क गर्न सक्ने छैनन् । त्यसैगरी बिहे नेपालले आफ्ना भीआईपी क्लबका मेम्बरहरूलाई ‘बिहे नेपाल ब्ल्याक कार्ड’ उपलब्ध गराउनेछ ।

उक्त कार्डमार्फत प्रयोगकर्ताले नेपालभरका विभिन्न स्टोर, आउटलेटबाट थुप्रै अफर तथा उपहार पाउनसक्ने बताइएको छ ।

कटवालका अनुसार भीआईपी क्लबका सदस्यको जानकारी गोप्य राखिने छ ।

बिहे नेपाल एप २०७८ फागुन १२ गते सार्वजनिक भएको थियाे । याे सात महिनाको अवधिमा ५० हजारभन्दा बढी सदस्य जाेडिएकाे उनले जानकारी दिइन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३