close

के साँच्चिकै ट्वीटरमा फुटबल विश्वकपको लाइभ आउँछ ?

टेकपाना टेकपाना

मंसिर ४, २०७९ १८:३०

के साँच्चिकै ट्वीटरमा फुटबल विश्वकपको लाइभ आउँछ ?

काठमाडौं । कतारमा आजदेखि फिफा विश्वकप २०२२ सुरु हुँदैछ । फुटबलकाे महाकुम्भ मेला सुरु हुनै लाग्दा धेरै नेपाली दर्शकलाई विश्वकप प्रसारणको कुराले सताएको छ ।

नेपालमा याे संस्करणकाे विश्वकपको प्रसारण अधिकार मिडिया हबले खरिद गरेको छ । ​लाइभ म्याच हेर्नका लागि फुटबलप्रेमीले 'हिमालय प्रिमियम' च्यानल सब्सक्राइब खरिद गर्नुपर्ने हुन्छ, जसका लागि छुट्टै ५६५ रूपैयाँ शुल्क तिर्नुपर्ने छ ।

यसैबीच ट्वीटरका नयाँ मालिक एलन मस्कले शनिबार गरेको ट्वीट धेरैका लागि आशाको किरण बन्याे ।  उनले फुटबलप्रेमीलाई खेलको लाइभ ट्वीटरमा हेर्न अनुरोध गरेपछि धेरै प्रयोगकर्ता आशावादी बनेका हुन् ।

उनको ट्वीटलाई लिएर केही प्रयोगकर्ताले ट्वीटरमा फुटबल लाइभ हेर्न सकिने अपेक्षा राखेका छन् । तर, वास्तविकता अर्कै छ ।

ट्वीटरमा खेलको लाइभ म्याच हेर्न सकिन्छ भन्ने होइन । "आइतबार विश्वकपको पहिलो खेल खेल हुँदैछ । बेस्ट कभरेज र रियल टाइम कमेन्ट्री ट्वीटरमा हेर्नुहोला," मस्कले शनिबार ट्वीट गरेका थिए ।

यसको अर्थ ट्वीटरमा खेलको परिणाम र कमेन्ट्री मात्र देखिनेछ । लाइभ कमेन्ट्री चाहने फुटबलप्रेमीलाई भने उनको ट्वीटले केही सान्त्वना दिएकाे छ ।

पछिल्लो अध्यावधिक: मंसिर ४, २०७९ १८:५१