close

अमेरिकी प्रतिबन्ध र कोरोनाले समेत रोकेन ह्वावेको प्रगति, आम्दानीमा १३% वृद्धि

टेकपाना टेकपाना

असार ३०, २०७७ १८:५६

अमेरिकी प्रतिबन्ध र कोरोनाले समेत रोकेन ह्वावेको प्रगति, आम्दानीमा १३% वृद्धि

एजेन्सी । ह्वावे टेक्नोलोजी कम्पनी लिमिटेडले सोमबार सन् २०२० को पहिलो छ महिनाको आम्दानी विवरण सार्वजनिक गरेको छ । फाइभजी पूर्वाधार, स्मार्टफोन उपकरणमा अमेरिका लगायतका देशको प्रतिबन्ध र कोभिड–१९ महामारीले समेत ह्वावेको आम्दानीमा कुनै असर परेन ।

उल्टै चिनियाँ टेक जायन्ट ह्वावेले २०२० को पहिलो ६ महिनामा गत वर्षको तुलनामा १३.१ प्रतिशत बढी आम्दानी गर्न सफल भएको छ । यस अवधिमा कम्पनीको आम्दानी ४५४ अर्ब युआन अर्थात ६४.९० अर्ब डलर (७८ खर्ब २८ अर्ब ६५ करोड ३३ लाख ६० हजार रुपैयाँ) पुगेको छ ।

सन् २०१९ को पहिलो ६ महिनामा कम्पनीले ४०१.३ अर्ब युआन आम्दानी गरेको थियो । ह्वावेका अनुसार कम्पनीको खुद आम्दानी भने अघिल्लो वर्षको तुलनामा ०.५ प्रतिशतले मात्रै वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल आम्दानीको ८.७ प्रतिशत खुद मुनाफा रहेको थियो भने हाल ९.२ प्रतिशत रहेको छ ।

आम्दानीमा भएको उल्लेख्य वृद्धिका बावजूद पनि कम्पनीको बृद्धिदरमा भने असर परेको छ । कम्पनीको ग्रोथ रेट अघिल्ला वर्षहरुको तुलनमा २३.२ प्रतिशतले घटेको छ । कम्पनीका अनुसार कूल आम्दानीको आधारमा यसको क्यारियर, इन्टरप्राइज र प्रयोगकर्तामा आधारित व्यवसायहरु क्रमशः ३५ प्रतिशत, ८ प्रतिशत र ५६ प्रतिशतले वृद्धि भएको उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३