close

५ हजार रूपैयाँमै साओमीले ल्यायो पहिलो रेड्मी स्मार्टवाच, यस्तो छ फिचर

टेकपाना टेकपाना

मंसिर १४, २०७७ १६:३१

५ हजार रूपैयाँमै साओमीले ल्यायो पहिलो रेड्मी स्मार्टवाच, यस्तो छ फिचर

काठमाडौं । साओमीको सबब्राण्ड रेड्मीले पहिलोपटक स्मार्टवाच सार्वजनिक गरेको छ । आकर्षण डिजाइन र सस्तो मूल्यमा कम्पनीले आफ्नो पहिलो स्मार्टवाच सार्वजनिक गरेको हो । जसको मूल्य ४५ डलर अर्थात करिब पाँच हजार ३ सय रुपैयाँ ताेकिएकाे छ ।

कर्भ्ड ग्लासयुक्त चारपाटे आकारको वाचमा १.४ इन्चको डिस्प्ले रहेको छ । कालो, सेतो र निलो गरी तीन कलर भेरियन्टमा सार्वजनिक उक्त वाचको साइडमा एउटा बटन रहेको छ । साथै अन्य सबैकुरा टच स्क्रिन र एमआई फिट एपमार्फत नै कन्ट्रोल गर्न सकिने छ ।

यसका साथै वाचमा ब्लुटुथ ५.०, हार्टरेट मनिटर, वाटर प्रुफिङ लगायतका फिचर रहेको छन् । कम्पनीका अनुसार उक्त वाच एक पटकको चार्जमा सात दिनसम्म टिक्नेछ ।

यदि तपाईंले पावर सेभिङ मोडको प्रयोग गर्नुभएको खण्डमा १२ दिनसम्म चल्नेछ । डिसेम्बर १ देखि चिनियाँ बजारमा यो वाचकाे बिक्री सुरु हुनेछ । यसपछि नेपाली बजारमा पनि चाँडै उपलब्ध हुने अनुमान गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०