close

म्याकफी एन्टिभाइरसका निर्माता जेलभित्र मृत्त अवस्थामा फेला

टेकपाना टेकपाना

असार १०, २०७८ ११:३६

म्याकफी एन्टिभाइरसका निर्माता जेलभित्र मृत्त अवस्थामा फेला

काठमाडौं । एन्टिभाइरस सफ्टवेयर निर्माता जोन म्याकफी बार्सिलोनाको जेलमा मृत्त अवस्थामा फेला परेका छन् । स्पेनको एक अदालतले उनलाई कर छलीको आरोपमा अमेरिकी सरकारलाई सुपुर्दगी गर्ने निर्णय लिएको केही घण्टापछि नै उनी जेलमा मृत्त अवस्थामा फेला परेका हुन् ।

क्याटालान न्यायीक विभागले जेलमा कार्यरत मेडिकल टिमले उनलाई बचाउन कोसिस गरेपनि सम्भव नभएको बताएको छ । हालसम्म भेटिएका तथ्यले उनले आत्महत्या गरेको बुझिएको छ ।

लामो समयदेखि कर विवादमा मुछिएकाे उनको कम्पनीले विश्वमा सबैभन्दा पहिले व्यवसायीक एन्टिभाइरस निर्माण गरेको थियो । जसले कम्प्युटरको यो दुनियाँमा ठूलो बजार सिर्जना गर्न सफल भएको थियो । तर, पछि उनले उक्त कम्पनी ७.६ बिलियन डलरमा इन्टेलललाई बिक्री गरेका थिए ।

सोही क्रममा उनले अमेरिकामा कर छलेको आरोप लागेको थियो । जसका कारण सन् २०२० को अक्टोबरमा उनलाई स्पेन प्रहरीले प्रक्राउ गरेको थियो । जसमा उनलाई कन्सल्टेन्ट सर्भिस, क्रिप्टोकरेन्सी लगायतका माध्यममार्फत अर्बोैं आम्दानी गरेर विगत चार वर्षदेखि सरकारलाई कर नबुझाएको आरोप लगाइएको थियो ।

अर्कोतर्फ अमेरिकी न्यायीक विभागले म्याकफीले आफ्नो आय लुकाउन केही हिस्सा बैंकमा र केही हिस्सा क्रिप्टोकरेन्सीमा नोमिनिजको नाममा उपलब्ध गराउन राख्ने गरेको बताएको थियो । यसका साथै उनलाई रियलस्टेट, घर जग्गा लगायतका सम्पत्ति पनि अरु व्यक्तिको नाममा लुकाउने गरेको आरोप लागेको थियो ।

यो विषयमा बुधबारमात्रै स्पेनको अदालतले उनीमाथि लागेको आरोपका लागि म्याकफीलाई अमेरिकालाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । उक्त निर्णयसँगै उनले आत्महत्या गरेको अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६