close

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

टेकपाना टेकपाना

कात्तिक १३, २०७८ १३:२४

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

काठमाडौं । मोबाइल चार्ज गर्ने क्रममा डोटीमा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । शिखर नगरपालिका–९ उच्चाकोटकी ३० वर्षीया राधिका रोस्याराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

शुक्रबार दिउँसो करेन्ट लागेर घाइते भएकी उनको उपचारका क्रममा शैलेश्वरी अस्पतालमा मृत्यु भएको हो । यसबारे थप अनुसन्धान गर्न प्रहरी टोली खटिएको डोटीका प्रहरी निरीक्षक रवीन्द्र चन्दले टेकपानालाई बताए ।

यसैबीच सोही वडामा बारबाटाका २० वर्षीय शिशिच साउदको पनि मोबाइल चार्ज गर्ने क्रममा घाइते भएका छन् ।

प्रारम्भिक अनुसन्धानअनुसार मोबाइल चार्ज गर्ने क्रममा हाई भोल्टेज आई मोबाइलको तारमा आएको करेन्ट लागेर घाइते भएका हुन् । उनको राजपुरस्थित सुजङ्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१