close

‘नथिङ फोन टु’ मा स्न्यापड्रागन ८ प्लस जेन वान चिपसेट हुने निश्चित

टेकपाना टेकपाना

फागुन २५, २०७९ १४:३६

‘नथिङ फोन टु’ मा स्न्यापड्रागन ८ प्लस जेन वान चिपसेट हुने निश्चित

काठमाडौं । पारदर्शी फोनका रूपमा परिचित नथिङको नयाँ फोन आउने भएको छ । गत साता स्पेनको बार्सिलोनामा सम्पन्न मोबाइल वर्ल्ड कंग्रेस २०२३ मा कम्पनीले नयाँ फोन ल्याउने खुलासा गरेको छ ।

वन प्लसका पूर्व सहसंस्थापक कार्ल पेईले गत जुलाई २०२२ मा नयाँ युनिक फोनसहित याे ब्रान्डकाे फाेन सार्वजनिक गरेका थिए ।  'नथिङ फोन वान' नामको उक्त फोन अन्य विशेषताभन्दा पनि पारदर्शी ब्याक कभरले बढी चर्चा पाएको थियो ।

नथिङ फोन वानको पारदर्शी ब्याक कभरमा कम्पनीले विभिन्न डिजाइनका लाइट समावेश गरेको छ । यस्ताे लाइट फोन चार्ज हुँदा, नोटिफिकेसन आउँदा बल्ने गर्छ । साथै स्न्यापड्रागन ७७८जी प्लस फाइभजी चिपसेटद्वारा सञ्चालित उक्त फोनमा १२ जीबी र्‍याम र २५६ जीबी इन्टर्नल स्टोरेज रहेको थियो ।

कम्पनीकाे नयाँ फाेन 'नथिङ फोन टु' मा स्न्यापड्रागनको पछिल्लो चिपसेट उपलब्ध हुनेछ । कार्ल पेइका अनुसार नथिङ फोन टुमा क्वालकमको स्न्यापड्रागन ८ प्लस जेन वान चिपसेट हुनेछ । त्यसबाहेक उक्त फोनमा अन्य के विशेषता हुन्छन् भन्ने खुलासा भएको छैन ।

पछिल्लो अध्यावधिक: फागुन २५, २०७९ १५:३४