close

२०२४ मा आउँदैछन् एप्पलका यी नयाँ डिभाइस

टेकपाना टेकपाना

चैत २८, २०८० १०:२६

२०२४ मा आउँदैछन् एप्पलका यी नयाँ डिभाइस

काठमाडौं । एप्पलले आउँदो केही महिनामा दर्जन बढी डिभाइस सार्वजनिक गर्ने तयारी गरिरहेको छ । म्याकवर्ल्डमा प्रकाशित एक लेखका अनुसार एप्पलका झन्डै एक दर्जन बढी नयाँ डिभाइस सार्वजनिक हुने क्रममा छन् । 

एप्पलले अपडेटेड आईप्याड मिनी, ओलेड आईप्याड प्रो, आईप्याड प्रो, आईफोन १६ सिरिज, आईफोन एसई, एप्पल वाच सिरिज १०, एप्पल वाच अल्ट्रा र ३ जेनेरेसनको एप्पल वाच एसई, होमपोड,भिजन प्रो सक्सेसर लगायत बजारमा ल्याउँदै छ ।

केही वर्षदेखि एप्पलले आफ्नो उत्पादन दायरालाई बढाएको छ । २०२३ मा एप्पलले सबै म्याकलाई इन्टेल प्रोसेसरबाट आफ्नै सिलिकनमा परिवर्तन गरिसकेको छ ।

२०२३ मा एप्पलले कुनै पनि आईप्याड अपडेट गरेको थिएन । एम३ वा एम३ प्रो म्याक मिनी पनि देखिएन । केबल एअरपोड्स प्रोमा यूएसबी-सी राखिएको थियो । यस वर्ष एप्पलले थप नयाँ डिभाइस र अपडेट लन्च गर्ने योजना बनाएको छ । 

एप्पलले फेब्रुअरी २ मा भिजन प्रो हेडसेट लन्च गरेको थियो भने मार्च ४ मा एम३ म्याकबुक एअर लन्च गरेको थियाे । साथै एप्पल वाच अल्ट्रा र आईफोन लाइनअपमा नयाँ प्लस मोडेल थप्दैछ ।

एप्पलले २०२४ मा म्याक मिनी भएको एम ३ र एम३ प्रो, म्याक स्टुडिओ भएको एम३ म्याक्स र एम३ अल्ट्रा, म्याक प्रो भएको एम ३ म्याक्स र एम ३ अल्ट्रा, म्याक प्रो एम३ प्रो ल्याउँदैछ ।

२०२३ मा एप्पलले कुनै पनि आईप्याड अपडेट गरेको थिएन । त्यसैले एप्पलले २०२४ मा ७ जेनेरेसनको आईप्याड मिनी, ओलेड आईप्याड प्रो, १४ इन्चको आईप्याड प्रो र ११ जेनेरेसनको आईप्याड आउँदैछ । त्यस्तै आईप्याड एअरमा एम२ चिप अपडेट हुने सम्भावना रहेको छ भने १२.९ इन्चको लामो आईप्याड आउन सक्ने हल्ला छ ।

२०२४ को सेप्टेम्बरपछि आईफोन १६, आईफोन एसई सार्वजनिक हुनेछन् । त्यस्तै नयाँ एअरपड्सको अपडेट गर्नेबारे कुनै चर्चा सुनिँदैन तर कम मूल्यका एअरपोड्सका मोडल सार्वजनिक हुनसक्ने हल्ला चलिरहेको छ ।

२०२४ को सेप्टेम्बरमा एप्पलले ए१० चिप सहितको एप्पल वाच सिरिज १०, ३ जेनेरेसनको एप्पल वाच अल्ट्रा र ३ जेनेरेसनको एप्पल वाच एसई सार्वजनिक गर्न सक्छ । साथै एप्पलले स्क्रिनसहितको होमपोड र भिजन प्रो सक्सेसर लन्च गर्न सक्ने सम्भावना रहेको छ ।

पछिल्लो अध्यावधिक: चैत २८, २०८० १०:३२