close

पोखराको दराज स्टोरमा चोरी गर्ने ३ जना पक्राउ

टेकपाना टेकपाना

बैशाख ११, २०८१ १९:११

पोखराको दराज स्टोरमा चोरी गर्ने ३ जना पक्राउ

 

कास्की । अनलाइन शपिङ प्लेटफर्म दराजको स्टोर फोडेर चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखराका २९ वर्षीय अर्जुन परियार, २७ वर्षीय विकास अधिकारी र २९ वर्षीय लोकेन्द्रबहादुर इटनी रहेका छन् । 

गत २४ चैतमा पोखर महानगरपालिका वडा नम्बर ८ नयाँबजारमा रहेको दराजको स्टोरमा लुटपाट भएको थियो ।

शौचालयको झ्यालको सिसा फोडी उक्त स्टोरमा भएको लकर सहित पाँच लाख ८२ हजार रुपैयाँ, मोबाइल र झोला चोरी भएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी परेपछि अनुसन्धान गर्दै जाँदा आइतबार अर्जुन, विकास र लोकेन्द्र पक्राउ परेकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ११, २०८१ १९:११