close

उद्यमी बन्न चाहने कृषकका लागि निःशुल्क अनलाइन भिडिओ कोर्स

टेकपाना टेकपाना

साउन २१, २०८१ ९:५५

उद्यमी बन्न चाहने कृषकका लागि निःशुल्क अनलाइन भिडिओ कोर्स

काठमाडौं । उद्यमी बन्न चाहने कृषकका लागि निःशुल्क अनलाइन भिडिओ कोर्स उपलब्ध भएको छ । युथ इनोभेसन ल्याबले कृषकलाई लक्षित गर्दै ‘कृषि उद्यमशीलता १.०’ अनलाइन पाठ्यक्रम सार्वजनिक गरेको हो । 

अनलाइनमा निःशुल्क उपलब्ध यो कोर्स जोकोहीले अध्ययन गर्न सक्नेछन् । यसमा परम्परागत कृषि प्रणालीभन्दा भिन्नै आधुनिक र फाइदाजनक तथा दिगो कृषि व्यवसाय मोडेलबारे सिकाइएको छ ।

प्रमुख सम्पादक बद्री ओझा नेतृत्वको सम्पादकीय मण्डलले ल्याएको यो पाठ्यक्रमले कृषिमा उद्यमशीलताका सिद्धान्तहरूको एकीकरणको अन्वेषण गरेको बताइएको छ । यो कोर्स बाली उत्पादन, पशुपालन र कृषि व्यवसाय व्यवस्थापन जस्ता विषयहरू समेटेर परम्परागत र आधुनिक ज्ञान र अभ्यासहरूमा नवीन दृष्टिकोणहरू मार्फत उत्पादकत्व र नाफा बढाउनमा केन्द्रित छ । 

सहभागीहरूले नेपालको कृषिको वर्तमान अवस्था, कृषि उद्यमशीलताको सम्भावना र उद्योगमा पर्यावरण मैत्री अभ्यासको महत्त्वबारे जानकारी पाउने आयोजकले जनाएको छ ।

कसरी सहभागी हुने ?

‘कृषि उद्यमशीलता १.०’ को अनलाइन पाठ्यक्रम शिक्षाको आधिकारिक वेबसाइटबाट लिन सकिन्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस् ।
- सबैभन्दा पहिले यहाँ क्लिक गर्नुहोस् ।

- त्यसपछि माथि आफूलाई उपयुक्त लाग्ने भाषा छनोट गर्नुहोस् । डिफल्ट रूपमा त्यसमा अङ्ग्रेजी भाषा राखिएको हुन्छ । यदि नेपाली भाषा आवश्यक छ भने नेपाली नै छनोट गर्न सक्नुहुन्छ । 

- यति गरिसकेपछि तल ‘Enroll Now’ (भर्ना हुन लग इन गर्नुहोस्) मा क्लिक गर्नुहोस् । 

- अनि साइन-अपको अप्सनमा गई त्यहाँ मागिएको विवरण भर्नुहोस् । 

- यति गरेपछि ‘सुरु गर्नुहोस्’को बटनमा क्लिक गर्नुहोस् । र, तपाईंले पहिले राखेको क्रेडेन्सियल भरी लगइन गर्नुहोस् । 

- लगइन गरिसकेपछि मोड्युल १ बाट सिक्न सुरु गर्नुहोस् । एउटा मोड्युल पूरा नगरी अर्को मोड्युल अध्ययन गर्न पाइँदैन । 

हरेक मोड्युल सकिएपछि ‘मल्टिपल च्वाइस क्वेसन’ आउँछन् । त्यसमा उत्तीर्ण भएपछि मात्र अर्को मोड्युल अनलक हुन्छ । यसरी सबै मोड्युल पूरा गरिसकेपछि प्रमाणपत्र ड्याशबोर्डमै देखिन्छ । आवश्यकता अनुसार प्रमाणपत्र डाउनलोड गरी प्रिन्ट गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: साउन २१, २०८१ १०:२६