काठमाडौं । सूचना प्रविधि, ग्याजेट तथा मनोरञ्जन सम्बन्धी विभिन्न प्रडक्ट बिक्री गर्दै आएको नियो स्टोरले दशैंलाई लक्षित गर्दै अफर सार्वजनिक गरेको छ । ल्यापटप खरिद गर्दा मूल्यमा ५० प्रतिशतसम्मको छुट पाउन सकिने अफर नियोस्टोरले ल्याएको हो ।
यो योजना गत शुक्रबारदेखि सुरु भइसकेको छ । जुन दशैँसम्मका लागि लागु हुने कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत नयाँ ल्यापटप खरिद गर्ने ग्राहकले एउटा स्क्य्राच कार्ड पाउँछन् । सो स्क्य्राच गरी ग्राहकले ल्यापटपको मूल्यमा ५० प्रतिशतसम्मको छुट पाउन सक्ने भएको हो ।
त्यस्तै छुटसँगै ग्राहकले विभिन्न बम्पर उपहार समेत प्राप्त गर्न सक्ने नियो स्टोरले जनाएको छ । जसमा पहिलो पुरस्कार स्वरूप ल्यापटप, दोस्रो पुरस्कारमा मोबाइल फोन, तेस्रोमा स्मार्ट वाच रहेको छ । त्यस्तैगरी चौथोमा फिटबिट र पाँचौं पुरस्कारमा प्रिमियम गेमिङ हेडफोन राखिएको छ ।
जावलाखेल, माइतिघर, न्युरोड, पुतलीसडक र पोखरामा गरी नियो स्टोरका पाँच ओटा शाखा रहेका छन् । अनलाइनसँगै अफलाइन जुनसुकै माध्यमबाट ल्यापटप खरिद गर्दा छुट अफर प्राप्त गर्न सकिने बताइएको छ ।
यो अफर नियोस्टोरमा उपलब्ध जुनै ब्रान्डका ल्यापटप खरिद गर्दा लागु हुने छ । यस अफर चलिरहँदा कम्पनीले प्रदान गरिरहेको शून्य प्रतिशत ब्याजदरमा ल्यापटप किन्न सकिने अफर भने चलिनै रहने बताइएको छ ।
नियो स्टोरमा हाल डेल, एसुस र एसरका ल्यापटपहरू उपलब्ध छन् । नियो स्टोरबाट ल्यापटपको अनलाइन अर्डरका लागि यहाँ क्लिक गर्नुहोस् ।