close

लेनोभोले नेपालमा ल्यायो अफलाइनमा समेत एआई चल्ने योगा स्लिम ७एक्ससहित नयाँ ल्यापटपका ३ सिरिज

टेकपाना टेकपाना

असोज ९, २०८१ ११:३२

लेनोभोले नेपालमा ल्यायो अफलाइनमा समेत एआई चल्ने योगा स्लिम ७एक्ससहित नयाँ ल्यापटपका ३ सिरिज

 


काठमाडौं । मेगाटेक ग्रुपले लेनोभोको पहिलो कोपाइलट प्लस एआईपीसी योगा स्लिम ७ एक्स सहितका सिरिजका नयाँ ल्यापटप नेपाली बजारमा भित्र्याएको छ । सोमबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै कम्पनीले सो सहित नयाँ योगा र लेजियन सिरिजका ल्यापटप समेत सार्वजनिक गरेको हो ।

यससँगै मेगाटेक ग्रुप नेपालमा एआई-पावर्ड लेनोभो कन्जुमर पोर्टफोलियो ल्याउन सफल भएको छ । जसमा योगा स्लिम ७ एक्स, योगा स्लिम ७ आई, योगा ७ टु-इन-वन र लेजियन ५ आई रहेका छन् । 

 

सन् २०११ देखि आईटी वितरण क्षेत्रमा सक्रिय मेगाटेकले नेपाली बजारमा सार्वजनिक गरेका उत्पादनहरूमा योगा स्लिम ७ एक्स कोपाइलट प्लस पीसी, योगा स्लिम ७ आई कोर अल्ट्रा, बहुउपयोगी योगा ७ टु-इन-व कन्भर्टिबल र गेमिङ पावरहाउस लेजियन ५ आई समावेश छन् । 


धेरैको ध्यान आफूतिर खिच्न सफल योगा स्लिम सेभेन एक्स लेनोभोको क्वालकम स्नापड्रागन एक्स इलाइटबाट सञ्चालित पहिलो कोपाइलट प्लस पीसी हो । जसले उत्कृष्ट ब्याट्री र पर्फर्मेन्स प्रदान गर्ने कम्पनीको दाबी छ । अल्ट्रा-स्लिम योगा स्लिम ७ आईमा शक्तिशाली इन्टेल प्रोसेसर र १४ इन्चको डिस्प्ले छ ।  बहुप्रयोजनका लागि योगा ७ टु-इन-वन कन्भर्टिबलमा १४ इन्चको टचस्क्रिन र एएमडी प्रोसेसर राखिएको छ । जसमा ल्यापटप र ट्याब्लेट मोडबिच सजिलै स्विच गर्न सकिन्छ । त्यसैगरी लेजियन फाइभ आईमा इन्टेल प्रोसेसर र शक्तिशाली ग्राफिक्स दिइएको छ । जुन गेमर र कन्टेन्ट क्रियटरहरूको लागि उपयुक्त छ ।

माइक्रोसफ्ट तथा कोपाइलट प्लसको नवीनतम सुधार मार्फत अब प्रयोगकर्ताहरूले अफलाइन रहँदा पनि लार्ज ल्याङ्ग्वेज मोडेल (एलएलएम) को क्षमता उपयोग गर्न सक्ने भएका छन् । जसले उत्पादनशीलता र सिर्जनशीलतामा सहजता ल्याउनेछ । जेनेरेटिभ एआई र मसिन लर्निङको सहायतामा कोपाइलट प्लसले आकर्षक टेक्स्ट लेख्न, दृश्य सामग्री तयार पार्न र सामान्य कामहरूमा सजिलो बनाउँछ । सार्वजनिक गरिएका उत्पादनहरूमा व्यापार व्यवसायका लागि लोकप्रिय थिङ्कप्याड एक्स वन कार्बन सिरिज र शक्तिशाली तथा पोर्टेबल थिङ्कप्याड पी १६ जेन टु वर्कस्टेशन समेत समावेश रहेका छन् ।

कम्पनीका थिङ्कप्याड एक्स वन कार्बन जेन ९ टु-इन-वन र थिङ्कप्याड एक्स वन कार्बन जी १२ ले अत्याधुनिक उत्पादनशीलता र सुरक्षासम्बन्धी प्रविधिहरूलाई हलुका र आकर्षक डिजाइनमा संयोजन गरेको छ । यो अल्ट्रा-लाइट व्यापारिक ल्यापटपमा बलियो कार्बन-फाइबर चेसिस र १४ इन्चको डिस्प्ले छ । जुन इन्टेल प्रोसेसरमा सञ्चालन हुन्छ ।  टिकाउ ब्याट्री र उद्यम-स्तरीय सुरक्षाको सुविधा समेत रहेको छ । 

त्यस्तै लेनोभो थिङ्कप्याड पी १६ जेन टुलाई माग-सम्बन्धी व्यावसायिक कामहरूको लागि डिजाइन गरिएको छ । हाई पर्फर्मेन्स मोबाइल वर्कस्टेसनको रूपमा प्रस्तुत गरिएको यो ल्यापटपमा इन्टेलको १३ औं पुस्ताको प्रोसेसर, शक्तिशाली  एनभिदिया आरटीएक्स ग्राफिक्स र १२८ जीबीसम्मको र्‍याम छ । 

जसले थ्रिडी रेन्डरिङ, क्याड र डेटा विश्लेषणजस्ता कार्यहरूलाई सहज बनाउन डीटुटी प्रयोग गर्दछ। माइक्रोसफ्ट कोपाइलट (प्रिभ्यु) सबै लेनोभो ल्यापटपहरूमा पूर्व-स्थापित भएकोले प्रयोगकर्ताहरूले सहजै मल्टिटास्किङ र कार्यकुशलता बढाउन सक्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज ९, २०८१ ११:३२