close

नेपालमा बौद्धिक सम्पत्ति संरक्षणका लागि छुट्टै प्रहरी युनिट गठन हुने

टेकपाना टेकपाना

असोज २१, २०८१ १८:२६

नेपालमा बौद्धिक सम्पत्ति संरक्षणका लागि छुट्टै प्रहरी युनिट गठन हुने

काठमाडौं । नेपालमा बौद्धिक सम्पत्तिको संरक्षण गर्न बौद्धिक सम्पत्ति प्रहरी गठन गरिने भएको छ । प्रतिलिपि अधिकार ऐन, २०८१ को मस्यौदामा पहिलो पटक बौद्धिक सम्पत्ति सम्बन्धी यस्तो व्यवस्थाको प्रस्ताव गरिएको हो । 

ऐनको परिच्छेद २ को १३ (४) खण्डमा सरकारले आवश्यकता अनुसार बौद्धिक सम्पत्ति (इन्टरलेक्चुअल प्रोपर्टी-आईपी) प्रहरीको गठन गर्नसक्ने उल्लेख छ ।  साथै आवश्यकता अनुसार बौद्धिक सम्पत्ति इजलास छुट्टै गठन गर्न सक्ने कुरा समेत लेखिएको छ ।

बौद्धिक सम्पत्ति सम्बन्धी मुद्दा मामिला हेर्ने बलियो निकाय नहुँदा धेरै समस्या निम्तिएको जानकारवालाले बताउँदै आएका छन् । नयाँ व्यवस्था लागू भए स्रष्टाको सिर्जना संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

बौद्धिक सम्पत्ति प्रहरीले एक विशेष इकाईका रूपमा नक्कली तथा चोरिएका सामग्रीहरूको उत्पादन र वितरण रोक्ने, ट्रेडमार्क, प्रतिलिपि अधिकार जस्ता बौद्धिक सम्पत्ति कानुनको उल्लंघन भए सम्बन्धित स्थानमा छापा मार्ने तथा थप अनुसन्धान गर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २१, २०८१ १८:४२