close

अब हलसम्म जान पर्दैन, घर घरमा फिल्म पुर्‍याइन्छः निर्देशक निश्चल बस्नेत

टेकपाना टेकपाना

असोज २८, २०८१ १९:४६

अब हलसम्म जान पर्दैन, घर घरमा फिल्म पुर्‍याइन्छः निर्देशक निश्चल बस्नेत

काठमाडौं । अभिनेता, निर्माता एवम् चलचित्र निर्देशक निश्चल बस्नेतले हलको विकल्प घरमै उपलब्ध गराउने प्रतिक्रिया दिएका छन् । हाल प्रदर्शन भइरहेको नेपाली कथानक चलचित्र ‘बेहुली फ्रम मेघौली’ले राम्रो अकुपेन्सी पाउँदा पनि शो नपाएको झोकमा निर्देशक बस्नेतले यस्तो प्रतिक्रिया दिएका हुन् ।

नेपाली चलचित्रले राम्रो प्रतिक्रिया र अकुपेन्सी पाउँदा पाउँदै पनि हिन्दी फिल्मलाई शो दिएको भन्दै निर्देशक बस्नेतले गुनासो पोखेका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट राख्दै उनले लेखेका छन्, “राम्रो प्रतिक्रिया, दर्शकको राम्रो साथ र राम्रो अकुपेन्सी हुँदा पनि तपाईंहरू चैं त्यै हिन्दी फिल्मलाई नै शो दिइराख्नु है, अकुपेन्सी आलु हुँदा पनि ।” 

सोही पोस्टको कमेन्टमा रिप्लाई गर्दै उनले फिल्म घरघरमा उपलब्ध गराउने विकल्प दिन लागेको जनाएका छन् । उनले घरमै फिल्म उपलब्ध गराउने भनेर आईपीटिभीलाई सङ्केत गरेका हुन् वा ओटीटी प्लेटफर्मलाई सङ्केत गरेका हुन्, स्पष्ट छैन । 

बस्नेत निर्माता तथा अभिनेता रहेको चलचित्र 'बेहुली फ्रम मेघौली' १७ असोजदेखि देशभर प्रदर्शनमा आएको थियो । निर्माता पक्षका अनुसार चलचित्रले तीन दिनमे दुई करोड २५ लाख रुपैयाँ बक्स अफिस कलेक्सन गरेको छ । 

पछिल्लो अध्यावधिक: असोज २८, २०८१ २०:०